नवलपरासी केरा जोनको संयोजकमा मौर्य 

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । केरा जोन नवलपरासीको संयोजकमा युबराज मौर्य चयन हुनु भएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका स्थित बेलाटारीमा भएको जोन संचालन समन्वय समिति पुन:गठन कार्यक्रमको भेलाले जिल्ला संयोजकको पदमा युबराज मौर्यलाई सर्वसम्मत रूपमा चयन हुनु भएको हो ।

जसको उपसंयोजकमा उत्रिचन भर, सचिवमा पुजा गुप्ता रहेका छन् भने सदस्यहरुमा लख्खु प्रसाद यादव, प्रमिला धोबी, मोतिलाल कोइरी, सरोज देबि यादव, लालबिहारी कोहार र मालती देबि यादव रहेका छन् ।

ADVERTISEMENT

जोन संचालन समन्वय समिति पुन:गठन कार्यक्रमलाई सम्बोधन गर्दै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले केरा जोन कार्यक्रमलाई पालिकाले सहकार्य गरेर अघि बढ्ने र जोन कार्यक्रमलाई अझ पनि तिब्र रूपमा विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । यावदकाअनुसार किसानलाई आवश्यक मल खाद र सिंचाइ जस्ता कार्यमा काम प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले पनि थप काम गर्नु पर्नेछ ।

त्यस्तै जोन संचालन समन्वय समिति पुनः गठन कार्यक्रममा अध्यक्षयता एवं प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई रुपन्देहीका प्रमुख नारायण काफ्लेले केरा किसानहरु र कार्यालयबीच सम्बन्ध र सहकार्य गर्नका लागि जोन समितिले अहम् भुमिका खेल्ने र केरा जोन समितिसंग परियोजनाले सहकार्य गरेर नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका गरि ७ वटा वडामा काम गर्दै आइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *