झापा । झापाको कनकाई नगरपालिका २ मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
अन्दाजी २३ वर्षीया मिना श्रेष्ठको करेन्ट लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना आइतबार साँझ ७ बजेतिर भएको हो ।
आफ्नै घरको होल्डरमा चिम (बल्ब) लगाउने क्रममा मिनालाई अचानक करेन्ट लागेको थियोे । उपचारका लागि विएण्डसी अस्पताल बिर्तामोड लगिएपनि बचाउन नसकिएको जनाइएको छ ।






