
विराटनगर । कोशी प्रदेश सभामा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारबारेको मुद्दाको फैसला नआउन्जेलसम्म प्रदेश सभा बैठकमा उपस्थिति नहुने निर्णयअनुसार बैठकमा सहभागी नभएको बताउनुभएको छ ।
सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले कोशी प्रदेश सरकारबारे सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला नआउन्जेलसम्म संसदमा उपस्थित नहुने बताउनुभएको हो । उहाँले काँग्रेसले आजको बैठक सारेर ९ गते सर्वोच्च अदालतले फैसला गरेपछि मात्रै बैठक राख्न सभामुखसँग आग्रह गरेको भएपनि त्यसो हुन नसकेको बताउनु भयो । उहाँले सरकार निर्माणको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको कारणले नेपाली काँग्रेस पार्टीले अहिलेको कोशी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न खडा गरेको बताउनु भयो । उहाँले अदालतको निर्णयलाई स्वीकार गरेर जाने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले कोशी प्रदेशको निर्वाचित सरकारको विषयमा अदालतमा यो मुद्दा विचाराधिन रहेको छ । यसको सुनुवाई पनि ९ गते हुने सर्वोच्चबाट जनकारी पाएका छौँ । खासगरीकन अहिले सरकार निर्माणको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको कारणले नेपाली काँग्रेस पार्टीले अहिलेको कोशी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न खडा गरेको छ । यसलाई स्वीकार नगरेको अवस्था नेपाली काँग्रेस पार्टीबाट हेर्दाखेरि । हामीले आग्रह, अनुरोध ग¥यौँ, सभामुखज्युमार्फत ९ गतेको फैसलापछि नै बैठक आह्वान होस् भनेर । बैठक बोलाइयोस् भनेर । अदालतको निर्णय जे आउँछ, अदालतको निर्णयलाई हामीले स्वीकार गरेर भोलि हिक्मत कार्कीजीको सरकारलाई नै अदालतले मान्यता दियो भने हामी विश्वासको मत पनि दिएर जाने भन्ने छलफल भएको थियो । आज प्रदेश सभाको बैठक बस्यो । केन्द्रिय परामर्श अनुसार यो मुद्दा विचाराधिन रहेको कारणले बैठक बहिष्कार पनि होइन, बिरोध पनि होइन, सर्वोच्चको फैसला नआउन्जेलसम्म अस्वीकार गरेर जानुपर्ने हाम्रो निर्णय भएको छ ।’
प्रदेश सरकारबारे अदालतमा मुद्दा चलिरहेको र अन्तिम सुनुवाईको मिति तोकिसकिएको समयमा हतारमा मुख्यमन्त्रीले विश्वासको मत लिन खोजेको काँग्रेसको आरोप छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच