भोजपुर । नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन ब्यक्तिको पहलमा आएको बिभिन्न स्वास्थ्यका सामाग्रीहरु जिल्ला अस्पताल भोजपुरलाई हस्तान्तरण गरिएको छ । सामाग्रीहरु जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको हो ।
नेपाली कांग्रेस भोजपुरका जिल्ला सचिव चक्रबहादुर कार्कीको पहलमा आएका ती सामाग्रीहरु सोमवार जिल्ला अस्पताल प्रशासनलाई हस्तान्तरण गरिएको हो ।
दातृराष्ट्रबाट स्वास्थ्य मन्त्रालयलाई प्राप्त ती स्वास्थ्यसँग सम्वन्धित सामाग्रीहरु आफनो पहलमा भोजपुरमा ल्याएर जिल्लाका स्वास्थ्य संस्थाहरुमा बितरण गरिएको कार्कीले बताउनुभयो । कार्कीले भन्नुभयो, “दुर्गम जिल्लाका स्वास्थ्य संस्थाहरुमा देखिने समस्याहरु निराकरण गरी नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मैले पहल गरेको हुँ ।” तेश्रो चरणमा ल्याएका सामाग्रीहरु जिल्ला अस्पताल र स्वास्थ्य संस्थाहरु गरी १० स्थानमा बितरण गरिएको छ ।
कार्कीको पहलमा जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको सामाग्रीहरुमा सिटामोल, फेरस सल्फेट, फोलिक एसिड, क्लोरहेक्साइडिन जेल, गाउन, पल्स ओक्सिमिटर,मास्क लगायतका रहेका छन । उपलब्ध सामाग्रीहरुले नागरिकको सेवा प्रवाहमा सहजता ल्याउने जिल्ला अस्पताल भोजपुरका प्रशासन शाखा प्रमुख दिपेन्द्र दासले बताउनुभयो ।
कोभिडको समयदेखि कार्कीको पहलमा जिल्लाका स्वास्थ्य संस्थाहरुमा निरन्तर स्वास्थ्य सामाग्री तथा उपकरणहरु सहयोग हुँदै आईरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts