विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने हुनुभएको छ ।
मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने गरि शुक्रबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउनु भएको थियो ।
आज बिहान ११ बजेका लागि बोलाइएको कोशी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लाग्नुभएको हो ।
कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । कार्कीले बुधबार नै शपथ ग्रहण र पदभार ग्रहण गरिसक्नु भएको छ । यस्तै उहाँले आफ्नो क्याबिनेटमा एमालेबाट रामबहादुर राना र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरिसक्नु भएको छ ।
अर्कोतर्फ उनको नियुक्ति प्रक्रियाविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने सर्वोच्च अदालतमा बुधबार नै रिट दायर गराउनु भएको छ । उक्त रिटमाथि बिहीबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने जनाएको छ । यस्तै पूर्ण सुनुवाइका लागि जेठ ९ गतेको लागि समय तोकिएको छ ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा