काठमाडौं । असार २८ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘घरज्वाइँ’को आइतबार टिजर सार्वजनिक गरिएको हो ।
अनिल बुढामगरको निर्देशनमा निर्माण भएको चलचित्रलाई जनक घर्ती मगरले निर्माण गर्नुभएको हो । चलचित्रको केही साताअघि सार्वजनिक पोष्टर तथा क्यारेक्टर लुक्सको चर्चा भइरहँदा निर्माण टिमले आइतबार दर्शकमाझ करिब दुई मिनेट लामो टिजर सार्वजनिक गरेको हो । टिजरले दयाहाङ र मिरुनाबीचको सम्बन्धलाई देखाएको छ । पूर्वी रुकुमस्थित तकसेराको मगर गाउँमा खिचिएको यो चलचित्रले मगर समुदायको संस्कृतिको कथा भन्छ ।
जिएम मुभिज र एबिएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सुसन प्रजापतिको छायांकन छ । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको चलचित्रको कथा पनि निर्देशक अनिल आफैंले लेख्नुभएको हो । उहाँलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाउनुभएको छ ।
चलचित्रमा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, सोनाम लामा, बिबेश बुढामगर, सुनिल मगरलगायत कलाकारको अभिनय छ ।
चलचित्रका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भण्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल रहेको छ । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ भने नेपालमा आरआर फिल्मस्ले वितरण गर्दैछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts