सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका-८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
चौतारातर्फ आउँदै गरेको बागमती प्रदेश ०२००६ प ९५३९ नं को मोटर साइकलको पछाडि सवार २३ वर्षीय इन्दिरा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँको श्रीमान् मोटरसाइकल चालक सन्तोष दुलाल घाइते हुनुभएको छ । विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०१-००६ ख २७१६ नं को टिपरसँग भेट हुँदा मोटरसाइकल अनियन्त्रित भएको थियो ।
अधिकारीलाई उपचारका लागि चौतारा अस्पताल ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts