दाङ । लुम्बिनी प्रदेशसभा सदस्यहरू आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिरले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको पक्षमा सनाखत गर्नुभएको छ ।
अहिर वर्तमान लुम्बिनी प्रदेश सरकारमा कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । जसपामा आएको विभाजनपछि अहिरले मन्त्री पदको जिम्मेवारी सम्हाल्दै जता बहुमत हुन्छ उतै जाने प्रतिक्रिया दिएका दिनुभएको थियो । दुवै जना बाँके क्षेत्र नं २ को ‘क’ र ‘ख’बाट प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । लुम्बिनी प्रदेशमा जसपा नेपालका तीन जना सांसद थिए। समानुपातिक सांसद अम्बिका काफ्ले भने जसपाको संस्थापन पक्षमा रहेको जनाइएको छ।
अग्रवाल र अहिरले लुम्बिनी प्रदेश निर्वाचन कार्यालय घोराहीमा दल सनाखत गरेको प्रदेश निर्वाचन कार्यालयले पुष्टि गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा