नेपाल शिक्षक सङ्घ स्याङ्जाद्वारा रक्तदान, सम्मान र फलफूल वितरण

युवराज पौडेल स्याङ्जा, संवाददाता
युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

स्याङ्जा । नेपाल शिक्षक सङ्घ स्याङ्जाद्वारा रक्तदान कार्यक्रम, क्यालेन्डर विमोचन, शिक्षक सम्मान र फलफूल वितरण गरिएको छ ।

सङ्घको ३५ ओैं वार्षिकोत्सवका अवसरमा शिक्षक सङ्घद्वारा उक्त कार्यक्रमहरू सम्पन्न गरिएको हो । पहिलो चरणको कार्यक्रममा ३५ जना शिक्षकद्वारा ३५ युनिट रगत सङ्कलन भएको हो ।

प्रमुख अतिथिलगायतले शिक्षक सङ्घद्वारा निर्माण गरिएको शैक्षिक क्यालेन्डर २०८१ विमोचन गरियो । त्यस्तै कार्यक्रममा जिल्लाभरका शिक्षक सङ्घमा आबद्ध रहेर लामो समयसम्म क्रियाशील रहेका १०० जना शिक्षकहरूलाई सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि सङ्घीय सांसद तथा नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति राजु थापाले शिक्षकले नेपालका ठुलाठुला आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेकाले शिक्षकलाई अपमान गर्नेहरू आफै समाप्त हुने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सम्पादन समिति सदस्य अजित क्षेत्री, नेका पूर्व सभापति कुमार राना, नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका सभापति तथा केन्द्रीय सदस्य दिनेश अर्याल, उद्योग वाणिज्य सङ्घ स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

ADVERTISEMENT

शिक्षक सङ्घ स्याङ्जाका अध्यक्ष पशुपति पौडेलको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रमको स्वागत उपाध्यक्ष बाटुली अधिकारीले गर्नुभएको थियो भने सञ्चालन सचिव युवराज ढकालले गर्नुभएको थियो ।

नेपाल शिक्षक सङ्घ स्याङ्जाले आइतबार बिहान जिल्ला अस्पताल स्याङ्जाम फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालमा भर्ना भएर बसेका बिरामीहरूलाई फलफूल वितरण गरिएको सहसचिव शिव ढकालले जानकारी दिनुभयो ।

फलफूल वितरण कार्यक्रममा नेपाल शिक्षक सङ्घका अध्यक्ष पशुपति पौडेल, सचिव युवराज ढकाल, सहसचिव शिवप्रसाद ढकाल, शिक्षक महासङ्घकी कार्यवाहक अध्यक्ष वन्दना लम्साल, पुतलीबजार शिक्षक सङ्घका अध्यक्ष लेखनाथ शर्मा, उपाध्यक्ष रामचन्द्र उपाध्याय, सचिव कृष्ण लामिछाने, कृष्ण गोदारलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?