चितवन । चितवनको रत्ननगर नगरपालिकाले घुमौँ सौराहालाई निरन्तरता सहित जिल्लाको पर्यटन विकासमा समन्वयकारी भूमिका निर्बाह गर्न पर्यटन विकास समिति गठन गरेको छ ।
समग्र चितवनको पर्यटन विकासको लागि भेषराज दुवाडी संयोजक अध्यक्ष रहेको रत्ननगर पर्यटन विकास समन्वय समिति बनाएको हो । समितिले घुमौ सौराहालाई निरन्तरता दिन अघिकार समेत प्रदान गरिएको छ । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहालाई केन्द्रीत गरेर चितवनको पर्यटन विकासको लागि अधिकार सम्पन्न समन्वय समिति बनाइएको हो । सो समितिलाई पूर्वी चितवनका चार पालिकाका पर्यटन व्यवसायी, संरक्षणकर्मीहरुलाई समाबेस गरी पूर्णता दिने तयारी गरिएको संयोजक दुवाडीले जानकारी दिनुभयो ।
पूर्वी चितवनको पर्यटन विकासको लागि सम्भावित पर्यटकीय क्षेत्रहरुलाई सौराहासंग जोड्ने र तीनै तहको सरकारको लगानीमा पूर्वाधार निर्माण गर्ने गरी योजना बनाइने उहाँले बताए । सौराहालाई केन्द्र बनाएर चितवनको चारवटै पालिकामा रहेका पर्यटकीय क्षेत्र जोड्र उक्त स्थानमा विदेशी पर्यटक भित्र्याउने संयोजक दुवाडीले बताउनुभयो । सौराहामा करिब ४ बर्ष अघि घोषणा गरेको घुमौं सौराहा अभियान कोरोना महामारीले प्रभावित भएको थियो ।
सौराहा सहित चितवनको पर्यटन विकासको लागि घुमौ सौराहालाई निरन्तरता भन्दै उहाँले व्यवसायी र जनप्रतिनिधिहरुसंग छलफल गरेर योजना निर्माणको थालनी गरेको बताउनुभयो । चितवनमा पर्यटक भित्र्याउन डिजिटर मार्केटिङलाई अबलम्बन गर्ने र बार्षिक ४ लाख पर्यटक भित्र्याउने गरी तयारी गरिने उहाँले बताउनुभयो । समितिका संयोजक भेषराज दुवाडीले सौराहालाई सिरानी हालेर चितवनको पर्यटन विकासको लागि कार्ययोजना बनाएर देखिने गरी काम गर्ने भन्दै सौराहालाई पर्यटन क्षेत्र घोषणा, गुरुयोजना निर्माण र सुचना केन्द्र सञ्चालनको विषयलाई अगाडि बढाउने बताउनुभयो ।
सौराहामा ध्वनि प्रदूषण, अव्यवस्थित पाकिङ, निकुञ्जको टिकटको समयाबधिको विषयमा स्थानीय सरकार र व्यवसायी बीच सहकार्य गरेर समस्या हल गर्न अर्थपूर्ण प्रयासको थालनी गरिने उहाँको भनाई छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts