कालीकोटमा बोलेरो जीप दुर्घटना, १२ जना घाइते

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर-३ मानेगडाबाट पचालझरना गाउँपालिकाको घाटाचौरतर्फ जाँदै गरेको ग ३ च ६५०६ नम्बरको बोलेर जीप दुर्घटना भएको छ । गएराती ९ बजे १२ जना यात्रु लिएर घाटाचौर जाँदे गरेको बोलेरो पचालझरना गाउँपालिका वडा नम्बर-८ को सिजाबगरमा दुर्घटना भएको हो ।

रास्कोट नगरपालिका वडा नं. ६ बस्ने वर्ष २२ का दिनेश फर्साल चालक रहेको बोेलेरो जीप दुर्घटना हुँदा चालक/सहचालक गरी १२ जना घाइते भएका हुन् । मानेगडाबाट यात्रु लिएर गएको जीप कर्णाली करिडोर अन्तर्गत पर्ने पचालझरना गाउँपालिकाको सिजाबगरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

जीप दुर्घटनामा परि घाइते हुनेमा जिल्लाको पलाँता गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २० का जनराज बिक सोहीँ ठाउँका वर्ष २१ का राजन बिक, वर्ष ६१ का लाल बिक, वर्ष ३० का धनराम बिक, २५ वर्षीया लक्ष्मी बिक, बर्ष २५ का पुष्कर बिक रहेका छन् ।

ADVERTISEMENT

यसैगरि पलाँता गाउँपालिका वडा नम्बर-२ बस्ने वर्ष ७० का जयमल कामी, वर्ष १८ का पारस कामी रहेका छन् । पलाँताकाकै वडा नम्बर ६ मा बस्ने वर्ष ३४ का लालभक्त विक र वर्ष ७० का एैमन बिक जीप दुर्घटनामा घाइते भएका हुन् ।

रास्कोट नगरपालिका वडा नं. ६ घर भएका वर्ष २२ का चालक दिनेश फर्साल र सोहीँ ठाउँका वर्ष १८ का सहचालक रमेश फर्शाल पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव निरीक्षक तथा सूचना अधिकारी पोषण थापाले बताउनुभयो ।

घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि कालीकोट जिल्ला अस्पताल मान्मले शुक्रबार बिहान सुर्खेत रिफर गरेको छ । जीप सडकबाट ५० मिटर तल भीरमा खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?