मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा सङ्कलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु भएको छ ।
जुम्ला जिल्ला पातारासी गाउँपालिका ३ का अन्दाजी २५–२६ वर्षीय सुर्जबहादुर रावतको लेक लागेर विहिवार मृत्यु भएको हो ।
रावत यार्सागुम्बा टिप्न भनि पाटनतर्फ जाँदै गर्दा लेक लागि बिरामी भएपछि उनलाई पुलु स्वास्थ्य चौकी मुगुमालाई सामान्य उपचार गराएपछि थप उपचारका लागि मुगु जिल्ला अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी गराउनु भयो ।
मृतक रावतको जिल्ला अस्पतालमा विहिवार नै पोष्टमार्टम भएर शव आफन्तहरुले बुझिसकेको पनि प्रनाउ थापाले बताउनु भयो ।
यार्सा टिप्न जाँदा हाईअल्टिच्युडका कारण लेक लागेर बिरामी हुने र तत्कालै उद्धार तथा औषधि उपचार नहुँदा वर्षेनी यार्सा पाटनहरुमा दर्जन बढी संकलकहरुले ज्यान गुमाउँदै आएका छन् ।
गत वर्ष मात्र यार्सा टिप्न मुगुका पाटनहरुमा पुगेका ३ जनाको हिउँ पहिरोमा परेर मृत्यु भएको थियो ।
यो वर्ष मुगुम कार्मारोङ्ग गाउँपालिकाले आगामी जेठ १५ गतेबाट यार्सा टिप्नका लागि मुगुका २ दर्जन बढी पाटनहरु खुल्ला गर्ने बताएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता