वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका-२ बस्ने ३८ वर्षीय वकिल बहादुर आले र तनहुँ ऋषिङ गाउँपालिका-८ घर भई काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका छन् ।

ADVERTISEMENT

पक्राउ परेका मध्ये वकिल बहादुरले क्यानडा पठाईदिन्छु भन्दै ६ जना पीडितहरूबाट ३६ लाख रूपैयाँ ठगी गरेको र धर्मेन्द्रले युके पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ९ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएकाे छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले वकिल बहादुरलाई जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा गाउँपालिका-६ बाट र धर्मेन्द्रलाई काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?