काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यकाभित्रका दुई शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिका १७, खुसिबुस्थित दुई शाखामध्ये एक शाखा काठमाडौंको नागार्जुन नगरपालिका १६ स्थित खरिबोट, वनस्थलीमा स्थानान्तरण गरेको छ ।
त्यसैगरी काठमाडौं महानगरपालिका २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँबसपार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।
स्थानान्तरण गरिएका साविकका खुसिबु र गोंगबु शाखाका ग्राहकले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत् सेवा लिन सक्नेछन् । स्थानान्तरणसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ पहुँच अझ सहज र व्यापक बनाउने विश्वास लिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements