
पाल्पा । अवैध रुपमा ओसारपसार गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पाल्पा मातहत खटिएको प्रहरी टोलीले ४३ वटा गोरु नियन्त्रणमा लिएको छ । मंगलबार जिल्लाको रामपुर नगरपालिका –२ भलायटारस्थित सडकमा दुई वटा ट्रकबाट ४३ वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा ना ६ ख ५८० नम्बरको ट्रकमा २२ वटा र ना ६ ख ४७५८ नम्बरको ट्रकमा २१ वटा गोरु नियन्त्रणमा लिई जिल्ल प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
चेकजाँचको क्रममा विना कागजात अवैध रुपमा ओसारपसार गरेको भेटियो प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा पठाईएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच