काठमाडौँ । पठाओ नेपालले कार प्लस सुविधा सुरु गरेको छ । कम्पनीले पठाओ कार (ट्याक्सी) भित्रै कार प्लस सुविधा थप गरेको हो । कम्पनीले प्रिमियम राइड लिन चाहने ग्राहकका लागि यस्तो सुविधा ल्याएको जनाएको छ । नयाँ सेवासँगै पठाओ कार राइड बुक गर्ने बेला रोज्न सकिनेछ ।
कार प्लसका गाडी राम्रोसँग मेन्टेन गरिएका, एसीसहित फराकिलो सिट सुविधासहित हुने पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताउनुभएको छ । यस्तो फिचर हालका लागि काठमाडौं उपत्यकामा मात्र लागू हुने कम्पनीले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts