भोजपुर । भोजपुर जिल्लाको सामजिक, राजनीतिक परिवर्तनका साथै विकास निर्माणमा आयाम थप्न महत्वपूर्ण भुमिका निर्वाह गर्नु हुने ध्यानबहादुर राईको स्मृतिमा प्रकाशित ग्रन्थको लोकार्पण गरिएको छ ।
त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरको आयोजनामा भएको कार्यक्रममा कर्मयोगी ध्यानबहादुर राई नामक स्मृति ग्रन्थको लोकार्पण गरिएको हो ।
ग्रन्थको मंगलवार पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला लगायतले भोजपुर सदरमुकाममा लोकार्पण गर्नु भएको हो । ग्रन्थको लोकार्पण गर्नु हुँदै कवि तथा साहित्यकारकारुपमा पनि एसपी कोइरालाको नामबाट परिचित कोइरालाले सामाजिक, राजनीतिक, विकास निर्माण लगायतका क्षेत्रमा योगदान पुर्याउनु भएका कर्मयोगी राईलाई राष्ट्रले पनि सम्मान गर्न नसकेकोमा चिन्ता ब्यक्त गर्नुभयो । निष्ठा र आर्दशवान ब्यक्तित्वकारुपमा परिचित राई सहित भोजपुरको लागि षडानन्द अधिकारी, योगमाया न्यौपाने, नारदमुनी थुलुङ, रामप्रसाद राई, दिवानसिं राई जस्ता ब्यक्तिहरुले खेलेको भुमिकाको आगामी पुस्ताहरुले पनि अनुशरण गर्न जरुरी रहेको कोइरालाको भनाई थियो ।
प्रतिष्ठानका अध्यक्ष सुवास श्रेष्ठको अध्यक्षता तथा कवि तथा साहित्यकार कोइरालाको प्रमुख आतिथ्यमा आयोजित ग्रन्थ लोकार्पण तथा भोजपुरको बिकासमा ध्यानबहादुर राईको योगदान बिषय बिचार गोष्ठीमा जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ राई, भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, एमाले जिल्ला अध्यक्ष मक्कर खडका, क्याम्पस प्रमुख भोलानाथ राई, पुराना कवि शेरबहादुर मोक्तान, ग्रन्थको संयोजनकारी भुमिकामा रहनु भएका महेन्द्रनाथ राई लगायतले राईको योगदानको चर्चा गर्नु भएको थियो ।
विकास निर्माण र जनताको सेवामा कर्मयोगी राईले बाँचुनजेलसम्म खेलेको भुमिका अनुशरण योग्य भएको बताउँदै सहभागि अतिथि बत्ताहरुले विमानस्थल निर्माण, खानेपानीलगायतका क्षेत्रमा राईको भुमिका उल्लेख्योग्य भएको बताउनु भएको छ ।
ग्रन्थको प्रकाशन छोरीहरु गणेशकुमारी राई र बिष्णुकुमारी राईले गर्नु भएको हो भने सम्पादन संकेत कोइरालाले गर्नु भएको त्रिवेणी साहित्य प्रतिष्ठानका सचिव घमचन्द्र दाहालले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts