काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बस्दैछ । बैठक आज बिहान ८ बजेबाट पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्न लागेको हो ।
बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुनेछ । आईतवार मात्रै ७ जना प्रतिनिधि सभा सदस्यसहित अशोक राईले जनता समाजवादी पार्टी गठन गरी दर्ता भइसकेको छ ।
अब उपेन्द्र यादवसँग प्रतिनिधि सभामा जम्मा ५ जना मात्रै सांसदहरु छन् । सोही विषयका बारेमा संसदीय दलको बैठकमा छलफल हुने बताइएको छ ।







