धेरै वर्षअगाडि एउटा समाचार आएको थियो झापाको । एकजना रुग्ण वृद्धा सधैं आफ्नो बराण्डामा गुन्द्री ओछ्यार सुत्ने गर्थिन् । उनका छोराहरू उनलाई त्यागेर अन्तै गएर बसेका थिए । ती वृद्धा बराण्डामा सुतेपछि एउटा परेवा सधैं उनीछेउ आएर दिनभरि बस्ने गथ्र्यो । एकदिन ती वृद्धाको मृत्यु भयो । त्यो परेवा शोकमग्न भई ती वृद्धाको छेउँमै बसिरहृयो । उनी बितेको थाहा पाएर मानिस भेला हुन थालेपछि त्यो परेवा उडेर त्यहाँबाट गयो । हाम्रो शिक्षा पद्धति, आयातीत पश्चिमी संस्कार आदिले अचेलको पिँढी मातापिताप्रति गैरजिम्मेवार भएको उदाहरण हामी यत्रतत्र सर्वत्र पाउँछौं । यसमा हाम्रो शिक्षा पद्धति तथा पश्चिमी संस्कारमात्र जिम्मेवार नभएर मतापिता पनि दोषी छन् ।
हामी सानैदेखि आफ्ना सन्तानलाई डाक्टर, इन्जिनियर वा ठूलो मान्छे भएर प्रशस्त पैसा कमाउने शिक्षा दिन्छौं । संस्कारभन्दा पैसालाई बढी महत्व दिने हुनाले अहिलेको पिँढी बढी स्वार्थी र व्यक्तिवादी भएको छ । सन्तानको पहिलो विद्यालय माता हो । माता सुसंस्कृत भए सन्तान पनि सुसंस्कारी बन्छन् । माताले चाहे आफ्ना सन्तानलाई जस्तो पनि बनाउन सक्छन् । आजको शासकवर्गमा गलत प्रवृत्ति देखिनुको कारण पनि उनीहरूले आफ्ना माताबाट सुसंस्कार नपाउनु हो । मार्कण्डेय पुराणमा उल्लेखित माता मदलसाजस्ती माता भए आफ्ना सन्तानलाई जस्तो चाहृयो उस्तै बनाउन सकिने थियो । माता मदालसाको कथा लामो छ, यहाँ संक्षेपमा उल्लेख गर्न चाहन्छु ।
गन्धर्वलोकका विश्वावसुकी पुत्री तथा राजा ऋतुध्वजकी पत्नी मदालसाका एक-एक गरी तीनजना पुत्रहरूको जन्म भयो । उनले पतिसँग वाचा लिन कि सन्तानलाई उनले लालनपालन गर्नेछिन् तर यसमा पतिले कुनै बाधा दिन पाउने छैनन् । पुत्रहरूको नाम पिता ऋतुध्वजले राखे, विक्रान्त, सुबाहु र अरिमर्दन । नाम सुनेर मदालसा हाँसिन् । उनले भनिन् नाम अनुरूपको गुण बालकमा हुन जरुरी छैन, नाम त मात्र चिहृन हो, आत्माको नाम कसरी राख्न सकिन्छ ? मदालसाको जीवन रानी भए तापनि सामान्य मानिसकै जस्तो थियो । उनी आफ्ना पुत्रहरूलाई झुलामा झुलाउँदै श्लोकबाट शिक्षा दिन्थिन् ।
सन्तानको पहिलो विद्यालय माता हो । माता सुसंस्कृत भए सन्तान पनि सुसंस्कारी बन्छन् । माताले चाहे आफ्ना सन्तानलाई जस्तो पनि बनाउन सक्छन् । आजको शासकवर्गमा गलत प्रवृत्ति देखिनुका कारण पनि उनीहरूले आफ्ना माताबाट सुसंस्कार नपाउनु हो ।
शुद्धोद्रऽसि बुद्धोद्रऽसि निरञ्जोद्रऽसि, संसारमाया परिवर्जितोद्रऽसि । संसारस्वप्नं त्यज मोहनिद्रामदालसोल्लपमुवाच पुत्रम् ।। पुत्र, यो संसार परिवर्तनशील छ र स्वप्न समान छ, त्यसैले मोहनिद्रालाई त्याग गर, तँ बुद्ध हो, शुद्ध हो र निरञ्जन हो, यो मदालसाले भनेको हो पुत्र । शुद्धोद्रसिं रे तात न तेद्रस्ति नाम कृतं हि ते कल्पनयाधुनैव । पञ्चात्मकम् देहमिदं न तेद्रस्ति नैवास्य त्वं रोदिषिकस्य हेतोः ।। हे पुत्र, तँ शुद्ध आत्मा होस्, तेरो कुनै नाम छैन । यो कल्पित नाम त तैैँले अहिले प्राप्त गरेको होस् । यो देह पनि पाँच भूतहरूले बनेको छ । न तँ यसको हो, न यो तेरो हो । अनि किन रोइरहेको छस् ।
न वा भवान् रोदितिवै स्वजन्मा शब्दोद्रयमासाद्य महीश सूनुम् । विकल्प्यमाना विविधा गुणास्तेकगुणाश्च भौताः सकलेन्द्रियेषु ।। अथवा तँ रुँदैनस्, यो शब्द त राजकुमारको छेउ पुगेर स्वयं प्रकट हुन्छ । तेरा सम्पूर्ण इन्द्रियहरूमा जुन विभिन्न प्रकारका गुण अवगुणहरूको कल्पना हुन्छ, ती पनि पाञ्चभौतिक हुन् । भूतानि भूतैः परि दुर्बलानि वृद्धिम् समायान्ति यथेह पुंंसः । अन्नाम्बुदानादिभिरेव कस्य न तेद्रस्ति वृद्धिर्न च तेद्रस्ति हानिः ।। जसरी यो जगतमा अत्यन्त दुर्बल भूत अन्य भूतहरूको सहयोगले वृद्धि प्राप्त हुन्छ, त्यसै प्रकार अन्न र जल आदि भौतिक पदार्थ दिएमा पुरुषको पञ्चभौतिक देहको नै पुष्टि हुन्छ ।
यसले तँ शुद्ध आत्माको न त वृद्धि हुन्छ न त हानि नै हुन्छ । त्वंं कञ्चुके शीर्यमाणे निजेकस्मिंं स्तस्मिश्च देहे मूढतांं मा व्रजेथाः । शुभाशुभैः कर्मभिर्दहमेत न्मदादि मूढैः कञ्चुकस्ते पिनद्धः ।। तँ आफ्नो त्यो चोला तथा यो देहरूपी चोला जीर्ण हुँदा मोह नगर्नू । शुभाशुभ कर्मअनुसार यो देह प्राप्त भएको हो । तेरो यो चोला मद आदिले बाँधिएको छ, तँ त सर्वथा यसबाट मुक्त छस् । तातेति किञ्चित् तनयेति किंची दम्बेती किंचिद्दवितेति किंञ्चित् । ममेति किंंचिन्न ममेति किंञ्चित् त्वं भूतसंग बहु मानयेथाः ।। कुनै जीव पिताको रूपमा प्रसिद्ध छन्, कोही पुत्र भनिन्छ, कसैलाई माता र कसैलाई प्रिय स्त्री भनिन्छ, कसैलाई यो मेरो हो भनेर अपनाइन्छ कुनै मेरो होइन यो भावले पराया मानिन्छ ।
यसरी नै भूत समुदायको नाना रूप छ, यस्तो मैले मान्नुपर्छ । दुःखानि दुःखापगमाय भोगान् सुखाय जानाति विमूढचेताः । तान्येव दुःखानि पुनः सुखानि जानाति विद्वानविमूढचेताः ।। यद्यपि समस्त भोग दुःखरूप हो तथापि मूढचित्त मानव त्यसलाई दुःख दूर गर्ने तथा सुख प्राप्त गर्ने सम्झिन्छन् । किन्तु जो विद्वान छन्, जसको चित्त मोहले आच्छन्न भएको छैन, तिनीहरू त्यो भोगजनित सुखहरूलाई पनि दुःख मान्दछन् । हासोक स्थिर्सदर्शनमक्षि युग्म मत्युज्ज्वलम् यत्कलुषम वसाया । कुुचादि पिनंं पिशितंं पनंं तत् स्थानं रतेः किंं नरकंं न योषित् ।। नारीहरूको हाँसो के हो, हाडहरूको प्रदर्शन, जसलाई हामी अति सुन्दर नेत्रहरू भन्छौँ त्यो मज्जाका (हाडको भित्री लेदो) कलुषिता हो ।
मोटा मोटा स्तन आदि बाक्लो मासुका ग्रन्थिहरू हुन्, अतः पुरुष नारीका जुन अंगहरू माथि कामुक भएर अनुराग गर्छ, के त्यो नर्कको जिउँदो मुर्ति होइन ? यानंं क्षितौ यानगतश्च देहो देहेकपि चान्यः पुरुषो निविष्टःः । ममत्वमुव्र्या न तथा यथा स्वे देहेक तिमात्रं च विमूढतैषा ।। पृथ्वीमा यान चल्छन्, यानमाथि देह रहन्छ र यो देहमा पनि एउटा अर्को पुरुष बस्छ, किन्तु पृथ्वी र यानबीच त्यस्तो अधिक ममता देखिँदैन, जस्तो कि आफ्नो देहमा दृष्टिगोचर हुन्छ । यो नै मुर्खता हो ।
अलर्कलाई आमाको यस पत्रले ज्ञान प्राप्त भयो । ऊ आफ्नो राजपाट पुत्रलाई हस्तान्तरण गरेर सन्न्यासी बनी अहं शुद्धोक सि अहं बुद्धोक सि अह निरञ्जनोक सि भन्दै वनतिर लाग्यो । उनका दाजुहरूले भाइ सत्मार्गमा आएको देखे, सेनाहरूले बाटो छोडिदिए ।
आमाले सुनाएका श्लोकहरूको असर ती बालकलकहरूका मस्तिष्कमा यति गहिरोसँग बस्यो कि उनीहरू अलि बुझ्ने भएपछि गृह त्याग गरी सन्यासी बनी वनतिर तपस्या गर्न गए । जब चौथो पटक मदालसा गर्भवती भइन्, तब राजा ऋतुध्वजले उनलाई भने, तिमीले मेरो तीनवटै पुत्रहरूलाई सन्यासी बनाइदियौ, सबै सन्तानलाई निवृतिमार्गको पथिक बनाइदिएपछि मपछि मेरो राजपाट अब कसले सम्हाल्छ ? त्यसैले अब जन्मिने बालकको लालनपालन गर्दा राजकाजको शिक्षा दिनू । मदलसाले हुन्छ भन्दै यसलाई म आफ्नै तरिकाले शिक्षा दिन्छु र यसको नाम म आफैं राख्छु भनिन् । पुत्र जन्मियो मदालसाले यिनको नाम राखिन् अलर्क अर्थात् बौलाहा कुकुर । ऋतध्वजले भने, यो कस्तो नाम राखेको । मदलसाले भनिन्, नाममा के राखेको छ ? उनी अलर्कलाई पनि श्लोक सुनाइरहन्थिन् :
धन्यो क सि रे यो वसुधामशत्रु रेकश्चिरम् पालयितासि पुत्रः । तत्पालनादस्तु सुखोपवभोर्गो धर्मात फलम् प्राप्स्यसि चामरत्वम् ।। धरामरान पर्वसु तर्पयेथाःसमीहितम् बन्धुषु पूरयेथाः । हिर्त परस्मै हृदि चिन्तयेथाःमनः परस्त्रीषु निवर्तयेथाःः ।। सदा मुरारिम हृदि चिन्तयेथा स्तद्धयानतोक न्तः षडरीञ्जयेथाः । मायां प्रबोधेन निवारयेथा हृयनित्यामेव विर्चितयेथाः ।। अर्थागमाय क्षितिपाञ्जयथा यशोक र्जनायार्थमपि व्ययेथाः । परापवादश्रवणाद्विभीथा विपत्समुद्राज्जनमुद्धरेथाः ।।
पुत्र, तँ धन्य छस्, शत्रुरहित भएर एक्लै नै चिरकालपर्यन्त यो पृथ्वीको पालन गरिरहनेछस् । पृथ्वीको पालनले तँलाई सुखभोगको प्राप्ति होस् र धर्मको फलस्वरूप तँलाई अमरत्व प्राप्त होस् । पर्वहरूको दिन सबैलाई भोजनले तृप्त पार्नू, बन्धु बान्धवहरूको इच्छा पूर्ण पार्नू, आफ्नो, हृदयमा अरूको भलोको ध्यान राख्नू र परायी स्त्रीमाथि कहिल्यै मन जान नदिनू, आफ्नो मनले सदैव भगवानको चिन्तन गर्नू उनको ध्यानले अन्तःकरणको काम क्रोध आदि छ शत्रुहरूलाई जित्नू, ज्ञानद्वारा मायाको निवारण गर्नू र जगतको अनित्यताको विचार गरी रहनू । धनको आयका लागि राजाहरूमाथि विजय प्राप्त गर्नू, यशका लागि धनको सद्व्यय गर्नू, परायी निन्दा सुन्नबाट डराइरहनु र विपत्तिका समुन्द्रमा डुबेका मासिनसहरूको उद्धार गर्नू । मदालसाले एउटा कागजमा केही लेखेर अलर्कलाई दिइन् र आफूलाई विपत्ति परेका बेलामा यसलाई हेर्नू भनिन् तर त्यसअगाडि यसलाई नखोल्नू भनिन् ।
जब तीनजनै सन्तानलाई सन्न्यासी बनाएर मदालसाले वन गमन गराइन् तब उनकी सखीले उनलाई सोधिन्, तिमीले कसरी एक एक गरेर आफ्ना सन्तानलाई सन्न्यासी बनाएर वन पठाउन सक्यौ ? तिमी कस्ती आमा हौ, के तिमीभित्र ममता छैन ? मदलसाले सखीको प्रश्नको उत्तर दिँदै भनिन्, जुन जीव मेरो कोखमा आउँछ, यदि दोहोर्याएर ऊ अरू स्त्रीको फोहोरी कोखमा जान्छ तब यो मेरो जीवनलाई धिक्कार छ । म मेरा सन्तानहरूलाई जन्म मरण रूपी महादुःखमा जान दिन चाहन्न ।
अलर्क आमाको सर्वगुणसम्पन्न शिक्षा तथा संस्कारले महाप्रतापी राजा बने । उनले आमाबाट दान, करुणा, न्याय आदिको शिक्षा पाएका थिए । वाल्मीकि रामायण अनुसार एउटा नेत्रहीन ब्राहृमण राजा अलर्ककहाँ आए । राजाले उनलाई दानमा के माग्छौं भन्दा उनले नेत्र मागे । अलर्कले आफ्नो नेत्र ती ब्राहृमणलाई दान गरे । अलर्कले सत्ताको मदमा आमाले दिएका उपदेशहरू बिर्सिए । तीनैजना दाजुहरू आएर उनलाई आमाको उपदेश सम्झिन भने । उनीहरूले भने, माताको प्रतीज्ञा पूरा गर, आफ्नो राजपाट पुत्रलाई जिम्मा लगाएर हामीसँग हिँड । अलर्कले भने, तिमीहरू आफैं सन्न्यासी हौ र मलाई पनि सन्यासी बनाउन चाहन्छौं, यहाँबाट गइहाल ।
तीनैजना दाजुहरू त्यहाँबाट काशीराजकहाँ गए । काशीराजका सेनाले अलर्कको सीमा चारैतिरबाट घेरे । अलर्कलाई आमाले लेखेर दिएको कागजको सम्झना भयो । उनले कागज झिकेर पढे । हे पुत्र, तँ शुद्ध हो, तँ बुद्ध हो, तँ निरञ्जन हो, संसार रूपी मायाबाट तँ बर्जित छस् । संसार स्वप्न समान प्रतिभासिक सत्तावाल हो । यो मोहरूपी निद्राबाट आँखा खोल । यो माता मदालसाको वचन हो, विचार गर । अलर्कलाई आमाको यस पत्रले ज्ञान प्राप्त भयो । ऊ आफ्नो राजपाट पुत्रलाई हस्तान्तरण गरेर सन्न्यासी बनी अहं शुद्धोक सि अहं बुद्धोक सि अह निरञ्जनोक सि भन्दै वनतिर लाग्यो । उनका दाजुहरूले भाइ सत्मार्गमा आएको देखे, सेनाहरूले बाटो छोडिदिए ।
वनमा उनले दत्तात्रेय भगवानलाई भेटेर उनको शिष्यता ग्रहण गरे । दत्तात्रेयबाट उनले ज्ञानको शिक्षा लिए । यसरी एउटी आमाले आफूले चाहेअनुसार आफ्नो सन्तान तयार पारेर ब्रहृमज्ञानी बनाइदिइन् । स्वामी विवेकानन्दले मदालसाबाट प्रभावित भएर भनेका थिए ‘यदि मेरा कुनै सन्तान हुन्थे भने म जन्मदेखि नै उसलाई मदालसाजस्तै लोरी सुनाउँदै भन्थेँ, शुद्धोकसि बुद्धोकसि निरञ्जनोकसि । संसारमाया परिवर्जितोक सि ।। संसार स्वप्नंं त्याज मोहनिद्रां ।
प्रकाशित समाचारकाे शिर्षकमा यस भन्दा अगाडि प्राविधिक कारणले अन्यथा हुन गएकाेमा सच्याइएकाे छ । यसबाट पाठकवर्गमा पर्न गएकाे असुविधाप्रति क्षमाप्रार्थी छाैं । -सम्पादक







शुद्धोsसि बुद्धोsसि निरञ्जनोsसि संसारमाया परिवर्जितोsसि
संसारस्वप्नं त्यज मोहनिद्रामदालसोल्लपमुवाच पुत्रम् ।।
हे पुत्र ! यो संसार परिवर्तनशील छ र स्वप्न समान छ । त्यसैले मोहनिद्रालाई त्याग गर , तँ शुद्ध हो , तँ बुद्ध हो , तँ निरञ्जन हो , यो मदालसाले भनेको हो ।
शुद्धोsसिं रे तात न तेsस्ति नाम कृत हि ते कल्पनयाधुनैव । पञ्चात्मकम् देहमिदं न तेsस्ति नैवास्य त्वं रोदिषि कस्य हेतो: ।। हे पुत्र ! तँ शुद्ध आत्मा हो , तेरो कुनै नाम छैन । यो कल्पित नाम त तैंले अहिले प्राप्त गरेको होस् । यो देह पनि पञ्चभूतहरूले बनेको हो । न यो तेरो हो , न तँ यसको होस् । अनि किन रोई रहेको छस् ?
न वा भवान् रोदिति वै स्वजन्मा शब्दोsयमासाद्य महिष सूनुम् । विकल्प्यमाना विविधा गुणास्तेsगुणाश्च भौता: सकलेन्द्रियेषु ।। अथवा तँ रूदैनस् , यो शब्द त राजकुमार समीप पुगेर आफू स्वयं प्रकट हुन्छ । तेरो सम्पूर्ण इन्द्रियहरूमा जुन भिन्ना भिन्नै गुण – अवगुणहरूको कल्पना हुन्छ , ती पनि पाञ्चभौतिक हुन् ।
भूतानि भूतै: परि दुर्बलानि वृद्धिम् समायान्ति यथेह पुस: ।
अन्नाम्बुदानादिभिरेव कस्य न तेsस्ति वृद्धिर्न च तेsस्ति हानि: ।।
जस्तै यो जगतमा अत्यन्त दुर्बल भूत , अन्य भूतहरूको सहयोगले वृद्धि प्राप्त गर्छ , त्यस्तै अन्न , जल आदि भौतिक पदार्थहरू दिंदा पुरूषको पाञ्चभौतिक देहको नै पुष्टि हुन्छ । यसले तँ शुद्ध आत्माको न त वृद्धि नै हुन्छ , न त हानि नै हुन्छ ।
त्वं कञ्चुके शीर्यमाणे निजेsस्मिं स्तस्मिश्च देहे मूढतां मा व्रजेथा: ।
शुभाशुभै: कर्मभिर्दहमेत – न्मदादि मूढै:कंचुकस्ते पिनद्ध: ।।
तँ आफ्नो त्यो चोला र यो देहरूपी चोला जीर्ण – शीर्ण भए मोह न गर्नु । शुभाशुभ कर्म अनुसार यो देह प्राप्त भएको हो । तेरो यो चोला मद आदिले बाँधिएको छ , तँ त सर्वथा यसवाट मुक्त छस् ।
तातेति किञ्चित् तनयेति किञ्चि दम्बेति किंचिद्दवितेति किंचित् ।
ममेति किंचिन्न ममेति किञ्चित् तंव भूतसंग बहु मानयेथा:।।
कुनै जीव पिताको रूपमा प्रसिद्ध छ , कोही पुत्र भनिन्छ , कसैलाई माता र कसैलाई प्रिय स्त्री भनिन्छ , कसैलाई यो मेरो हो भनेर अपनाइन्छ र कोही मेरो होईन् भनेर यस भावले पराया मानिन्छ । यस प्रकार यी भूत समुदायको नै नाना रूप हो , यस्तो तैंले मान्नु पर्छ ।
दु:खानि दुखापगमाय भोगान् सुखाय जानाति विमूढचेता: ।
तान्येव दु:खानि पुन: सुखानि जानाति विद्वान विमूढचेता: ।
यद्यपि समस्त भोग दु:खरूप हो , तथापि मूढचित्तमानव त्यसलाई दु:ख दूर गर्ने तथा सुखको प्राप्ति गर्नेवाला सम्झिन्छ । तर जो विद्वान छ , जसको चित्त मोहले आच्छन्न भएको छैन , ती त्यो भोगजनित सुखलाई पनि दु:ख नै सम्झिन्छ ।
हासोsस्थिर्सदर्शनमक्षि युग्म – मत्युज्ज्वलम् यत्कलुषम् वसाया: ।
कुचादि पीनं पिशितं पनं तत् स्थानं रते: कि नरकं न योषित: ।।
नारीहरूको हाँसो के हो , हाडहरूको प्रदर्शन , जसलाई हामी अत्यन्त सुन्दर नेत्र भन्छौं त्यो मज्जाको कलुषिता हो र मोटा – मोटा वक्षस्थल मांसको ग्रन्थिहरू हुन् । अत: पुरूष नारीको जुन अङ्गहरूलाई हेरेर कामुक भएर अनुराग गर्छ , के त्यो नर्कको ज्यूँदो मुर्ति होईन् ?
यानं क्षितौ यानगतश्च देहो देहेsपि चान्य: पुरूषो निविष्ट: ।
ममत्वमूर्व्या न तथा यथा स्वे देहेsतिमात्रं च विमूढतैषा: ।।
पृथ्वी माथी यान चल्छ , यान ( सवारी ) माथी यो देह रहन्छ र देहमा पनि यौटा अर्को पुरूष बसेको छ , तर पृथ्वी र यानमा त्यस्तो ममता देखिदैन , जस्तो कि आफ्नो देहमा दृष्टिगोचर हुन्छ । यो नै मुर्खता हो । – मार्कण्डेय पुराण ।
मदालसाले एक – एक गरेर आफ्नो तीनवटै पुत्रहरूलाई सानोमा यो लोरी सुनाएर ज्ञान दिएको कारण अलि बुझ्ने भए पछि तीनवटै पुत्र सन्यासी बनेर तपस्या गर्न वनमा जान्छन् । चौथो पुत्रको गर्भधारण गरे पछि पति राजा ऋतुध्वजले मदालसालाई राजोचित गुण भएको पुत्र जन्माउन अनुरोध गर्छन् ताकि आफू पछि ऊ राजा भएर राजकाज चलाउन सकोस् । मदालसाले पतिको आदेश मानेर चौथो पुत्रलाई यो लोरी सुनाएर हुर्काउँछिन् –
धन्यो sसि रे यो वसुधामशत्रु- रेकश्चिरम् पालियातासि पुत्र: ।
तत्पालनदास्तु सुखोपभोर्गो धर्मात् फलं प्राप्यस्सि चामरत्वम् ।
धरामरान पर्वसु तर्पयेथा: समीहितम् बन्धुषु पूरयेथा: ।
हितं परस्मै हृदि चिन्तयेथा मन: परस्त्रीषु निवर्तयेथा: ।।
सदा मुरारिम हृदि चिन्तयेथा स्तद्धायनतोsनन्त: षडरिञ्जयेथा:।।
मायां प्रबोधेन निवारयेथा ह्यनित्यतामेव विचिंतयेथा ।
अर्थागमाय क्षितिपाञ्जयेथा यशोsअर्जनायार्थमपि व्ययेथा: ।।
परापवादश्रवणाद्विभीथा विपत्समुद्राज्जनमुद्धरेथा: ।
पुत्र ! तँ धन्य छस् , जो शत्रुरहित भएर एक्लै चिरकाल सम्म यो पृथ्वी को पालन गरि रहनेछस् । पृथ्वीको पालनले तँलाई सुखभोगको प्राप्ति होस् र धर्मको फलस्वरूप तँलाई अमरत्व प्राप्त होस् । पर्वहरूको दिन सबैलाई भोजन गराएर तृप्त गर्नु , बन्धु – बान्धवहरूको इच्छा पूर्ण गर्नु , आफ्नो हृदयमा अरूको भलोको ध्यान राख्नु र पराया स्त्रिहरूमाथी कहिल्यै मनलाई जान न दिनु । आफ्नो मनमा सँधै भगवानको चिन्तन गर्नु , वहाँको ध्यानले मनमा काम , क्रोध आदि छ शत्रुहरूलाई जीत्नु , ज्ञानद्वारा मायाको निवारण गर्नु र जगतको अनित्यताको विचार गरी रहनु । धनको आयको लागि राजाहरू माथी विजय प्राप्त गर्नु , यशका लागि धनको सद्वय गर्नु , परायी निन्दा सुन्नवाट डराई रहनु तथा विपत्तिको समुन्द्रमा डुबेका मानिसहरूको उद्धार गर्नु । – मार्कण्डेय पुराण ।
आजको हिमालय टाइम्सको मेरो लेखवाट ।
आमाले आफ्नो सन्तानलाई जस्तो बनाउन चाहन्छन् , त्यस्तै बनाउन सक्छन् । मार्कण्डेय पुराणमा उल्लेखित मदालसाको कथावाट हामीले ज्ञान प्राप्त गर्न सक्छौं ।