काठमाडौं । चलचित्र ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच नवीन सुब्बा निर्देशित यो चलचित्रको निर्माण पक्षले टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरले चलचित्रको सारांश बुझाउने प्रयास गरेको छ । परम्परागत जीवनशैली र आधुनिक परिवर्तनबीचको संघर्ष सिनेमाको कथा रहेको संकेत गरेको छ ।
‘गाउँ आएको बाटो’ले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवनयापन गर्ने माइला (दयाहाङ राई), माइली (पशुपति राई) र उहाँहरूको सातवर्षे छोरा बिन्दे (प्रसान राई)को जीवनमा उक्त गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तन र संघर्षको कथा पेश गर्ने निर्माण पक्षले जनाएको छ ।
पछ्याउँदै आएको परम्परागत जीवनशैलीमाथि के गर्ने भनेर मूल पात्रले लिने निर्णयमा चलचित्रको कथा केन्द्रित छ । बाबुआमा र उनीहरूको छोरा विकाससँगै बदलिएको परिस्थितिमा नयाँ संसारमा कसरी घुलमिल हुन्छन् र सपना फेरिन्छन् भन्ने कथा चलचित्रले भन्ने निर्माण पक्षले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts