काठमाडौं ।‘किड्स क्यापिटल नेपाल’ को छैटौं संस्करणको उपाधि निहारा तामाङ तथा अदिती बाह्रकोटी (जुनियरतर्फ)ले जित्नुभएको छ । टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्मस् प्रालि, पेजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्तरूपमा आयोजना गरेको यो प्रतियोगितामा डेनिषा श्रेष्ठले फष्ट रनर्स अप, आर्या कोइरालाले सेकेण्ड रनर्सअप, दिबिया कोंग्रेनले थर्ड रनर्सअप तथा छिरिङ लामाले फोर्थ रनर्सअपको उपाधि जित्नुभएको छ ।
प्रतियोगितामा आर्या कोइरालाले मोष्ट पपुलर अवार्ड जितिनुभयो भने आइएमई पे पब्लिक च्वाइसको अवार्ड बालिकातर्फ दिबिया कोंग्रेन तथा बालकतर्फ स्पर्श मिश्र गराचले जित्नुभयो । प्रतियोगितामा स्पर्श मिश्र गराच तथा मिरन श्रेष्ठले लिटिल स्टारको उपाधिसमेत जित्नुभयो भने मिर्जन श्रेष्ठले लिटिल प्रिन्स तथा श्रीया कटुवालले लिटिल प्रिन्सेसको उपाधि जित्नुभयो ।
प्रतियोगिताका अन्य शीर्षक उपाधितर्फ मिर्जन श्रेष्ठले मोष्ट क्यूट, आर्या कोइरालाले वेष्ट वाक, डेनिषा श्रेष्ठले वेष्ट स्माइल, अदिति बाह्रकोटीले वेष्ट स्पिच, मिरन श्रेष्ठले वेष्ट सिंगर, छिरिङ लामाले मोष्ट स्मार्ट, स्पर्श मिश्र गराचले मोष्ट हेण्डसम, दिबिया कोंग्रेनले मोसट इलिगेन्ट, निहारा तामाङले मोस्ट ट्यालेन्टेड, श्रीया कटुवालले मोष्ट फोटोजेनिक तथा डेनिशा श्रेष्ठले फेसबुक स्टारको उपाधि जित्न सफल हुनुभयो ।
प्रतियोगितामा कलाकार गोपाल ढकाल, शिशिर खाती, सामाजिक अभियन्ता सवित बज्राचार्य, डिजाइनर ज्वालाराज पोखरेल, कलाकार अनुपम श्रेष्ठ तथा मोडल अपेक्षा शेरचन निर्णायकको रूपमा रहनुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts