
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कृषि उपज र पशुपालनको विवरण संकलन गरिने भएको छ ।
नगरभित्रका असली कृषक, पशुपालन, कृषि, कृषि गरेरै पनि खान नपुग्ने अवस्था भएका र कृषकहरुले उत्पादन गरेका उपजहरु बजारसम्म आए÷नआएको यक्किन गर्न विवरण संकलन गरिने भएको हो ।
खोटाङ उद्योग वाणिज्य संघको आयोजना र नगरपालिकाको सहकार्यमा नगरभित्रका १५ वडाका कृषकहरुको विवरण संकलन गरिने सोमबार वाणिज्य संघको कार्यालयमा अन्तरक्रिया कार्यक्रम गरेर जानकारी दिईएको छ ।
वाणिज्य संघका अध्यक्ष राजन प्रसाद आचार्यको अध्यक्षतामा भएको अन्तरक्रियामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, विभिन्न वडाका वडाध्यक्ष, नगरको योजना शाखा र कृषि शाखाका कर्मचारी, कृषि ज्ञान केन्द्रका कर्मचारी, वाणिज्य संघका पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।
विवरण संकलनका लागि नगरपालिकाले दश लाख र वाणिज्य संघले दुई लाख बजेट छुट्याएको छ। विवरण संकलन गर्न वाणिज्य संघले नौ जना गणक नियुक्ति गरिसकेको छ । उनै गणकले प्रत्येक वडाका कृषकको घर–घरमा पुगेर ५३ वटा प्रश्नावली बिधिमार्फत महिना दिनभित्र विवरण संकलन गर्नेछ ।
गणकहरु हप्ता दिनमा फिल्डमा पुग्ने वाणिज्य संघका महासचिव अजय बस्नेतले जानकारी दिनुभयो।
‘हाललाई कृषकहरुको यथार्थ विवरण संकलन गर्छौ। विवरण संकलन गरेर नगरपालिकामा के–के छ भनेर उद्योग वाणिज्य महासंघसँग कार्यक्रम माग्छौ। उत्पादित कृषि उपजले बजार नपाएको भए व्यवसायीहरुसँग सहकार्य गरेर काठमाण्डौ, विराटनगर पठाउँछौ।’ अध्यक्ष आचार्यले भन्नुभयो । “यहि किसिमको कार्यक्रम अन्य नौ वटा पालिकामा पनि गर्ने योजना छ।”
संकलित प्राप्त विवरण, निष्कर्ष एवंम् सुझावहरु दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, उद्योग वाणिज्य संघ तथा अन्य सरोकारवाला निकायहरुले कृषि तथा पशुपालन सम्बन्धी भावी योजना निर्माणमा सहयोग पुग्ने जनाईएको छ ।
अन्तरक्रियामा दिक्तेलका वडाध्यक्ष नवराज राई र मेयर भट्टराईले धारणा राख्नुभएको थियो। वडाध्यक्ष राईले अधिकांश कार्यक्रम कागजमा सिमित हुनाले वास्तविक कृषक मारमा परिरहेको बताउँदै कृषिको नाममा विवरण संकलन कार्य त्यति सजिलो नभएको बताउनुभयो ।
मेयर भट्टराईले सबैजना आ–आफ्नो ठाउँबाट सच्चिएर अघि बढ्नुपर्ने बताउनुभयो । विवरण संकलनले नगरभित्रका असली कृषकहरुको पहिचान हुने उहाँको भनाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच