भोजपुर । आगलागीबाट घरवार बिहिन भोजपुरको रामप्रसाद राई गाउँपालिकाका रामचन्द्र राईको परिवारलाई सोमवार आर्थिक सहयोग गरिएको छ ।
गत बैशाख २० गते आगलागी हुँदा घरवार बिहिन रामप्रसाद राई गाउँपालिका वडा नम्वर ३, भुल्केका राईलाई संकलित रकम हस्तान्तरण गरिएको छ । समस्यामा परेका राईका लागि बलराम राईको सक्रियतामा संकलन भएको ७२ हजार एक सय ८५ रुपैया पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । एक सय ४४ घर परिवारबाट संकलित भएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको वडाध्यक्ष रामु थापा मगरले बताउनुभयो ।
वडाध्यक्ष मगर, वडा सदस्य टेकराज भट्टराई र स्थानीयहरुको उपस्थितिमा आगलागी पीडित राईको परिवारलाई हस्तान्तरण गरिएको छ ।






