रुपन्देही – रुपन्देही २४ बैसाख जिल्ला भलिबल संघ रूपन्देहीको आयोजनामा भएको अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी शुद्धोधन गाउँपालिकाले हात पारेको छ ।
प्रतियोगितामा देवदह नगरपालिका र शुद्धोधन गाबउँपालिका बिच फाइनल प्रतिष्पर्धा भएको थियो।फाइनल खेलमा शुद्धोधनले देवदह नगरपालिकालाई ३/२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । उपाधि संगै शुद्वोधन गाउँपालिकाले पच्पन्न हजार मेडल ट्रफी प्रमाण पत्र प्राप्त गरेको थियो ।
सो प्रतियोगिता बैशाख १९ देखि सञ्चालन भएर बैशाख २१ गते समापन भएको थियो। प्रतियोगितामा जिल्ला का आठ नगर तथा गाउँ पालिका को सहभागिता रहेको थियो।सो रुपन्देही जिल्ला भलिबल संघद्धारा आयोजित दोस्रो रुपन्देही जिल्ला अन्तर पालिकस्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८१ मा प्रथम स्थान हाँसिल गरेका खेलाडीहरुलाई शुद्धोधन गाउँपालिकाले सम्मान कार्यक्रम आइतबार एक समारोहबीच पालिकाको सभाहलमा सम्पन्न गरेको छ ।
शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले पालिका भित्र रहेका खेलाडीलाई खेलकुद क्षेत्रको राजधानी बनाउने संकल्प पालिकाले लिएको बताउदै। खेलकुद क्षेत्रलाई प्राथमिकताका आधारमा बजेटहरू विनियोजन गरि जिल्लामा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्ने जोड दिनुभयो।
बशुद्धोधन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर घर्तीले खेलाडीहरूलाई बधाई तथा शुभकामना दिंदै खेलाडीहरूले पालिकाको इज्जत, प्रतिष्ठा र शान बढाएको बताउदै खेलाडीहरूलाई व्यवसायिक ढंगबाट अगाडि बढ्न अनुरोध गर्दै खेलाडीहरूबाट आशा, भरोसा राखेको बताउनुभयो। शुद्धोधन गाउँपालिका ५ का वडा अध्यक्ष चन्द्रभान चौधरीले खेल क्षेत्रमा भलिबल अब्बल बन्दै गएको र प्रतियोगिताहरूमा खेलाडी सहभागी गर्ने र ऊर्जाका निम्ति सम्मान गरिएको खेलाडीहरूको सफलताले समग्र शुद्धोधन गाउँपालिकाको पहिचानमा टेवा पुगेको बताउनुभयो ।
शुद्धोधन गाउँपालिका भलिबल क्लबका व्यवस्थापक मानबहादुर बुढाथोकीले खेल क्षेत्रको विकास र खेलाडीको ऊर्जालाई कहिल्यै मर्न नदिने गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै खेलाडीहरूलाई जीवनबिमाको व्यवस्था गर्नुपर्नेमा आग्रह गर्नुभयो।
भलिबल प्रशिक्षक मोती थापाले खेलाडीहरुले नेपालको पहिचानसँगै शुद्धोधन गाउँपालिकाको पहिचानलाई पनि बढाएको र खेलाडी उत्पादनका लागि शुद्धोधन गाउँपालिका आवश्यक सामाग्री र आवश्यक आर्थिक सहयोगीको लागि आग्रह गर्नुभयो।व्यक्तिगत विधा तर्फ बेस्ट सटर अमित खाम्चा भएका छन् ।बेस्ट बल्कर सरोज थारु भएका छन् ।जिल्ला बेस्ट पेल्येर किस्मत पाण्डे भएका छन् ।भने बेस्ट कोच मोती थापा सहितका खेलाडीहरूलाई सम्मान पत्र र खादा ओढाएर सबम्मानित गरिएको थियो।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts