लोडरमा च्यापिएर एक जनाको मृत्यु
Read Time = 1 min
हेटौंडा । मकवानपुरको थाहानगरमा चित्लाङ थानकोट सडकखण्डमा सडक मर्मतको काम गर्दै गरेको लोडरमा च्यापिएर हेल्परको मृत्यु भएको छ ।
शनिबार दिउँसो थाहा नगरपालिका ९ ठुलोचौरमा काठमाडाैं सडक डिभिजनको आर डि १०१–०३८ नम्बरको लोडर पल्टिँदा सहचालक नुवाकोट लिखु गाउँपालिका ६ घर भएका २८ वर्षीय सागर भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार ग्राबेल सम्याउने क्रममा उक्त लोडर आफैं अनियन्त्रित भई पल्टिएर च्यापिँदा हेल्पर भण्डारीको मृत्यु भएको हो।
लोडर तथा चालक ललितपुर गोदावरी नगरपालिका १२ बस्ने ५६ बर्षिय धर्मभक्त महर्जनलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय पालुङमा पठाएको जानकारी दिइएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts