
‘अस्तित्वको अनुभूति’ कवितासङ्ग्रह हो र यसका कवि हुनुहुन्छ दिपेश पराजुली । सर्वाधिकार लेखकमै रहेको यस पुस्तकको यो पहिलो संस्करण हो र यो २०८० सालमा प्रकाशित भएको छ । माधवी प्रकाशन प्रकाशक रहेको यस पुस्तककोे मुद्रण क्यु एण्ड क्यू प्रेसमा भएको छ । डिएमआई आकारका छापिएको यस पुस्तकको यस संस्करणमा यो पुस्तक १००० को संख्यामा छापिएको छ । भूमिका खण्डमा ६ र पाठ्य खण्डमा ८२ गरी ८८ पृष्ठको यस पुस्तकको मूल्य १५० रुपैयाँ छ भने विदेशका लागि ५ डलर रहेको छ । यस पुस्तकको छपाइ स्तरीय छ र त्यति धेरै अशुद्धि भेटिँदैनन् । पुस्तकमा पहँेलो तौलयुक्त कागजको प्रयोग भएको छ ।
यी कविताहरूको अन्तरिक पक्षलाई हेर्दा कविता अगाडिको उज्यालोतर्फ सङ्केत गर्ने खालका छन् । कवि त्यति चिनिनुभएको व्यक्ति नभए तापनि उहाँका कविताहरू त्यति कमजोर छैनन् ।
आवरण पृष्ठ सामान्य खालको छ । यहाँ धेरै तामजामका साथ यसलाई सिँगारिएको छैन । सामान्य सादा रङको यस पृष्ठका बीचमा एउटा गोलाइभित्र पुस्तकको शीर्षक ‘अस्तित्वको अनुभूति’ र सँगै साना अक्षरमा कवितासङ्ग्रह भनिएको छ । तल किनारामा कविको नाम दिइएको छ । पृष्ठ आवरणमा पुस्तकमा समावेश भएका कविताहरूका बारेमा प्राडा.कुलप्रसाद कोइराला, महेश पौडेल र माधवी प्रकाशनका भनाइरहरू राखिएका छन् र यहीँ कविको फोटो पनि समावेश गरिएको छ ।
भूमिका खण्डमा छोटो लेखकीय रहेको छ र त्यसपछि कविताको सूचीक्रम भनेर विषयसूची दिइएको छ । यहाँबाट जानकारी भए अनुसार यस सङ्ग्रहमा २० वटा कविता छन् । कविताको बाहृय पक्षलाई नियालेर हेर्दा दुईदेखि आठ शब्दसम्मका शीर्षकमा कविता छन् । दुई शब्दका चार, तीन शब्दको एक, चार शब्दका सात, पाँच शब्दका चार, छ शब्दका तीन र आठ शब्दको एउटा कविता समावेश गरिएको पाइन्छ । यसरी हेर्दा कविको लामा शीर्षक चयनको प्रवृत्ति पाइन्छ । यसैगरी समावेश कविताहरूको फैलावटलाई हेर्ने हो भने सबैजसो कविता समान आकार प्रकारका छन् ।
२० वटामा १६ वटा कविताहरू तीन पृष्ठको फैलावटमा छन् भने एउटा कविता दुई पृष्ठको छ र तीनवटा कविता चार पृष्ठका छन् । यस अर्थमा यस पुस्तकका कविताहरू धेरै लामा होइनन् र धेरै छोटा पनि होइनन् । यी कविताहरू मध्यम आकारका हुन् भन्न सकिन्छ । यी कविताहरूको अन्तरिक पक्षलाई हेर्दा कविता अगाडिको उज्यालोतर्फ सङ्केत गर्ने खालका छन् । कवि त्यति चिनिनुभएको व्यक्ति नभए तापनि उहाँका कविताहरू त्यति कमजोर छैनन् । केही कविताहरू चिन्तनतर्फ उन्मुख छन् र तिनले मानवजीवन, जीवन र जगत, जीवनको अस्तित्वबोध आदितर्फको सङ्केत गरेका छन् ।
केही कविताहरूले प्रेम, प्रणय, ईश्वरप्रतिको आस्था, बाल्यावस्थाको सम्झना, मृत्युको शाश्वततालगायत विभिन्न धारणा प्रकट गर्न चाहेका छन् । कवितामा सकारात्मक सोच पाइन्छ । समग्रमा भन्दा यी कविताहरूले कविको उज्ज्वल भविष्यप्रतिको सङ्केत गरेका छन् । पुस्तकका लागि कवि पराजुलीलाई बधाई तथा पुस्तकको सफलताको शुभकामना । अन्य पुस्तकहरूका लागि पनि कविलाई अग्रिम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच