हेटाैंडा। हेटौंडामा मानवसेवा आश्रम समर्पित 'हेटौंडा कला महोत्सव' हुने भएको छ। सटर्डे प्लेन एयरको आयोजनामा जेठ ३ गते देखि ५ गतेसम्म हेटौंडा कला महोत्सव हुन लागेको शुक्रबार पत्रकार सम्मेलन गर्दै कला व्यवस्थापक दिपेश प्रधानले जानकारी दिनुभयो ।
कला महोत्सवमा सिद्धार्थ हल, भुटनदेवि मन्दिर, पुष्पलाल पार्क, सहिद स्मारक पार्कमा, चित्र कला प्रदर्शनी कार्यपत्र, चित्रकला सिर्जना, खुल्ला चित्रकला कार्यशाला कला संवाद लगायत कार्यक्रम हुने छन् ।
हेटौँडा उपमहानगर क्षेत्रका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुसँग राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रत्यक्ष साक्षात्कार गराई सिर्जनामूलक वातावरण बनाउने हेतुले यो महोत्सवको परिकल्पना गरिएको आयोजकले जानकारी दिएको छ ।
हेटौँडा उपमहानगरका प्रमुख ऐतिहासिक, सांस्कृक्तिक तथा पुरातात्विक सम्पदाहरुको प्राचीनता, मौलिकता र जीवन्तता कायम रहने गरी ललितकलाको माध्यमबाट तिनको संरक्षण र प्रवर्धनमा टेवा पुग्नु आयोजकको उद्देश्य रहेको छ।
प्रत्यक्ष रुपमा चित्रकला प्रदर्शनी करिब २००० जनाले हेर्ने अनुमान आयोजकको छ भने कार्यशाला करिब ३००० जनाले साक्षात्कार गर्नेछ र सामाजिक संजाल मार्फत करिब ५० हजार जनाले अवलोकन गर्ने विश्वास विश्वास लिएको आयोजकको छ।
पत्रकार सम्मेलनमा विज्ञ कलाकारहरु ज्ञान भक्त लामा, वि एस राना , विश्व राज सिग्देल, सटर्डे प्लेनएयर मकवानपुर जिल्ला अध्यक्ष सुजन राई, मानवसेवा आश्रम जिल्ला संयोजक होमनाथ पौडेललगायतको उपस्थिति रहेको थियो।
यस कला महोत्सवमा ख्याति प्राप्त वरिष्ठ कलाकार ५ र शनिवारीय कला अभियान (Saturday Plain Air) का २० जना र हेटौंडा मकवानपुरका स्थानीय २५ गरी कुल ५० जना कलाकारहरुको प्रत्यक्ष सहभागिता रहने छ। हेटौंडा उपमहानगरपालिका भित्र रहेका पुरातात्विक महत्वका सम्पदाहरुको चित्रकला मार्फत दस्ताबेजीकरण हुनेछ ।
मानव सेवा आश्रमलाई सयोगार्थ हुन लागेको कार्यक्रमबाट उठेको रकम ५० प्रतिश मानव सेवा आश्रमलाई हुने आयोजकले जनाएको छ। साढे ६ लाख खर्चको अनुमानको अनुमान गरिएको कार्यक्रममा ५ जना वरिष्ठ कलाकारको उपस्थिति रहने छ।
३ दिन सम्म चल्ने महोत्सवको जेठ ३ गते सिद्धार्थ माविको हलमा उद्घाटन भइ भुटनदेवी मन्दिर परिसर, पुष्पलाल पार्क हुँदै सहिद स्मारकमा खुल्ला चित्रकला कार्यशाला हुँदै समापन हुने छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts