भोजपुर । भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिकामा संचालन भएको निशुल्क आँखा शिविरमा सात सयको उपचार भएको छ भने ४२ जनाको शल्यक्रिया गरिएको छ ।
जिल्लाको दुर्गम पालिकाको रुपमा रहेको साल्पासिलिछो गाउँपालिकामा रहेको जाल्पा माध्यामिक बिद्यालयमा दुई दिनसम्म संचालन भएको शिविरमा आँखा परीक्षण र शल्यक्रिया सेवा संचालन गरिएको नेपाल नेत्र ज्योती संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङले जानकारी दिनुभयो । बिशेषज्ञहरुबाट संचालन भएको शिविरमा सात सय जनाले उपचार सेवा पाएको र ४२ जनाको शल्यक्रिया गरिएको प्रमुख तामाङले बताउनुभयो ।
प्रमुख तामाङले भन्नुभयो, “भोजपुर जिल्लाको ग्रामीण क्षेत्रहरुका लागि शिविरहरु प्रभावकारी देखिने गरेको छ, आर्थिक बिपन्ता र बिविध समस्याका कारण उपचारबाट बञ्चित नागरिकहरुका लागि निशुल्क शिविरहरु बरदान सावित भएका छन् ।” शिविरमा आँखा परीक्षण तथा उपचारका साथै मोतियाबिन्दु र आँखामा मासु पलाएका बिरामीहरुको शल्यक्रिया गरिएको छ ।
नेपाल नेत्र ज्योती संघ बिराटनगर आँखा अस्पताल र आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना तथा साल्पासिलिछो गाउँपालिकाको सहयोग तथा ब्यवस्थापनमा शिविर आयोजना भएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts