भोजपुर । भोजपुरमा बिहिवार भएको आगलागीमा चार वटा घर र तीन गोठ जलेको छ । जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिका वडा नम्वर १ भिरकोटको खत्री टोलमा आगलागी हुदाँ घर र गोठ गरी सात वटा जलेको हो ।
करिब १२ बजेतिर भएको आगलागी पानीका कारण नियन्त्रणमा समस्या भएको थियो । नयन्द्र खत्री, टेकबहादुर खत्री, देवी बहादुर खत्री लगायतको घर जलेर नष्ट भएको वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो ।
घरमा बसोवास गर्दे आएका नयन्द्रको चार जनाको परिवारलाई भने तत्कालै राहत स्वरुप चामल, लुगाकपडा, भाडावर्तन, कम्वल लगायतका सामाग्रीहरु उपलब्ध गराईएको छ ।
पौवादुङमा गाउँपालिको तर्फबाट तत्कालका लागि २० हजार उपलब्ध गराईएको छ भने घर निर्माणका लागि जस्तापात उपलब्ध गराईने वडाध्यक्ष तामाङले बताउनुभयो ।आगलागी नियन्त्रणमा सिह बाल सुधार आधारभुत बिद्यालयका कर्मचारी, नेपाली सेना, प्रहरी, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो ।
आगलागीबाट १२ लाख बढीको क्षति भएको अनुमान गरिएको छ । हावाहुरीका कारण भोजपुरमा पछिल्लो समयमा आगलागीका घटनाहरुमा बृद्धि हुदै गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts