
काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘मनसरा’ प्रदर्शनमा आएको छ । शुक्रबारदेखि प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा ‘मनसरा’ प्रदर्शनमा आएको हो । चलचित्रलाई मल्टिप्लेक्सहरूले ठूलो मात्रामा शोज दिएका छन् ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, प्रवीण खतिवडा, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा हुनुहुन्छ भने हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईलगायतको अभिनय छ । चलचित्रका निर्माता छायांकार शैलेन्द्रध्वज कार्की हुनुहुन्छ । चलचित्रको छायांकार पनि उहाँ नै हुन् । यो चलचित्रले अन्तरजातीय सम्बन्धको आयामलाई कथाको मुख्य विषयवस्तु बनाएको छ ।
चलचित्रको बुधबार पुल्चोकस्थित क्युएफएक्स लविम मलमा प्रिमियर गरिएको थियो । प्रिमियर शोमा चलचित्र हेर्न सेलिब्रेटी तथा पत्रकारको बाक्लो उपस्थिति थियो । प्रिमियरमा चलचित्र उत्कृष्ट बनेको दर्शकले प्रतिक्रिया दिएका थिए । कथा, प्रस्तुति, कलाकारहरूको काम राम्रो लागेको फिल्मकर्मीहरूले प्रतिक्रिया दिएका थिए ।
चलचित्रमा विष्णकुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सहनिर्माता हुनुहुन्छ । निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहेको छ । चलचित्र एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्दैछ । क्युएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर हो ।
ठूला मल्टिप्लेक्स चेनमा उच्च शो पाएको यो चलचित्रले आक्रामक व्यापार गर्ने देखिएको छ । स्टारकास्ट रहेको चलचित्र तथा कबड्डीको ब्राण्डका कारण पनि चलचित्रले दर्शकलाई सिनेमा हलसमम तान्ने अनुमान छ । ट्रेलरले बनाएको हाइपले पनि यो चलचित्र प्रतिक्षित बनेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच