भोजपुर । भोजपुरमा जलवायु परिवर्तन सम्वन्धी सचेतना मुलक कार्यक्रम संचालन गरिएको छ । भोजपुर सदरमुकाममा रहेको विद्योदय माध्यामिक विद्यालयमा जलवायु परिवर्तन सम्वन्धी सचेतना मुलक कार्यक्रम बिहिवार संचालन गरिएको हो ।
नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानको आयोजनामा जिल्ला भित्रका १० वटा बिद्यालयका विद्यार्थीहरुको सहभागितामा सचेतना कार्यक्रम गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र थापाको अध्यक्षता तथा भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आलेको प्रमुख आतिथ्यमा आयोजित प्रतिष्ठानका बिज्ञान अधिकृत डा. बिमला देवकोटाले समस्याकारुपमा देखा पर्दै गरेको जलबायु परिवर्तनका बिषयमा ७७ जिल्लाहरु मध्ये ६५ जिल्लाहरुमा सचेतना कार्यक्रम आयोजना भइसकेको जानकारी दिनुभयो ।
सचेतना मुलक कार्यक्रम अन्तर्गत १० बिद्यालयका तीन जना बिद्यार्थीको सहभागितामा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ । त्यस्तै “जलबायु परिर्वतन अनुकुलनका लागि बिद्यार्थीको भुमिका” बिषयक बक्तृत्वकला प्रतियोगिता समेत संचालन गरिएको छ ।
हाजिरी जवाफमा पहिलो, दोश्रो र तेश्रो हुने बिद्यालयले क्रमश नगद १३ हजार, ११ हजार र नौ हजार पाउने छन भने बक्तृत्वकाकलामा उत्ृकृष्ठ हुनलाई पुरस्कारको ब्यवस्था गरिएको छ । कार्यक्रममा प्रतिष्ठानका प्रनितनिधीहरु, शिक्षक, बिद्यार्थी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता