मुगु । नेपाली कांग्रेसका सांसद डा सुनिलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को चिकित्सक टोलीले मुगुको गमगढीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
छायाँनाथ रारा नगरपालिकाको आयोजना तथा मुगु जिल्ला अस्पतालको सहआयोजनामा भएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा २१ सय २२ बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण तथा उपचार सेवा पाएको केएमसीका महाप्रबन्धक नारायण प्रसाद दाहालले जानकारी गराउनु भयो ।
बिरामीमध्ये ८९ जनाको ईसीजी, १७५ जनाको ल्याब परीक्षण र १८२ जनाको भिडियो एक्सरे गरिएको थियो ।
८२ जनाको दाँत खोलिएको थियो भने ४९ जनाको ईको गरिएको थियो । ७५ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ ।
साथै शिविरमा १ हजार ४८० जनाको सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो । रेफर गरिएका विरामिहरुको काठमाडौ स्थित केएमसीमा निःशुल्क शल्यक्रिया गरिने सांसद शर्माले बताउनु भयो ।
काठमाडौमा सल्यक्रिया निशुल्कका साथै उपचारको समय काठमाडौमा रहदासम्म आफ्नो अस्पतालको चमेना गृहमा विक्री मूल्य भन्दा ५०५ न्यून मुल्यमा खाना खुवाउने र त्यो पनि तिर्न नसक्ने विरामिलाइ निशुल्क खाना खाजा खुवाउने पनि सान्सद शर्माले बाचा गर्नुभयो ।
शिविरमा उपचार हुन नसकी थप उपचार र शन्यकृयाका लागि रिफर गरिएका विरामिलाइ मुगुबाट काठमाडौ र काठमाडौबाट मुगु आतेजाते खर्च छायानाथ रारा नगरपालिकाले व्यहोर्ने नगरप्रमुख विष्णुकुमार भामले बताउनु भयो । उहाँले भन्नूभयो, 'धनिमानी, हुनेखाने भएका भए त उहिल्यै उपचार गरिहाल्थे गरिविले उपचार गर्न सक्नु भएन शिविरमा निशुल्क चेकअप र उपचार हुने थाहा पाएपछि आउनु भएको हो । थप उपचार र शल्यक्रिया गर्न सुविधा सम्पन्न अस्पताल जानू पर्ने भयो । आफैँमा गरिव हुनुहुन्छ कसरी जाने त्यसैले घर आगनको सरकारले आतेजाते खर्छ व्यहोर्छ जनता स्वस्थ भए नगर स्वस्थ हुन्छ ।'
छायाँनाथ नगरपालिकाका मेयर विष्णु भामको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद डा शर्मा, उपमेयर ऐश्वर मल्ल, केएमसीका महाप्रबन्धक दाहाल तथा अस्पताल व्यवस्थापन अध्यक्ष गजेन्द्रबहादुर मल्लले सम्बोधन गर्नु भएको थियाे ।
डा शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।
यो महिनामा मात्र यो टोलिले बाजुरा, हुम्ला, कालिकोट र मुगु स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता