गुल्मी । गुल्मीमा करिब डेढ वर्षसम्म सेवा बन्द भएको एम्बुलेन्स सञ्चालनमा आएको छ । यस जिल्लाको मुसिकोट नगरपालिका- ९ अर्लाङ्कोटमा अर्लाङ्कोट सेवा समाज जापानको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा बन्द भएको डेढ बर्षपछि पुन: सञ्चालनमा आएको हो ।
करिब डेढ बर्षसम्म सेवा बन्द गरिएको एम्बुलेन्सलाई सञ्चालन गर्नका लागि नयाँ समिति गठन गरिएको छ । समितिको निर्णय अनुसार एम्बुलेन्स मर्मत गरि सञ्चालन गरिएको अध्यक्ष रामकृष्ण कंडेलले बताउनुभयो । तत्काल एम्बुलेन्स चालक नहुँदा नियुक्ति प्रक्रिया अगाडी बढाउने भन्दै कुशल चालकको रुपमा अर्लाङ्कोटका स्थानीयलाई ग्राहयता दिइने उहाँले बताउनुभयो ।
चालक नियुक्ति नहुँदासम्म समितिका हरिप्रसाद खरेललाई एम्बुलेन्स चालकको जिम्मा दिइएको छ । एम्बुलेन्सको ब्लुबुक र इन्स्योरेन्स लामो समयदेखि नवीकरण नभएको हुँदा सम्पूर्ण प्रक्रिया पूरा गरी नवीकरण गरेर एम्बुलेन्स सञ्चालनमा ल्याइएको समितिले जनाएको छ । एम्बुलेन्स सेवा नियमित हुने भएको हुँदा स्थानीयहरु निकै खुसी बनेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts