भरतपुर भ्रमण बर्षको प्रवर्द्धन गर्न सवारी साधनमा स्टिकर

होमनाथ सापकोटा चितवन, संवाददाता
होमनाथ सापकोटा चितवन, संवाददाता
Read Time = 4 mins

चितवन । चितवनमा जारी भरतपुर भ्रमणबर्षको प्रर्वद्धनको लागि सवारी साधनमा स्टिकर टास गरिएको छ ।

भरतपुर महानगरपालिकाले बुधबारबाट सार्वजनिक सवारीका साधनहरूमा भ्रमण वर्षको लोगो अंकित स्टिकर टाँस गर्न सुरु गरेको हो । भरतपुर भ्रमण वर्ष २०२४ को प्रर्वद्धनको लागि भरतपुर महानगरपालिकाले वडा नं. ९ स्थित केन्द्रीय बस टर्मिनलमा कार्यक्रमको आयोजना गरि स्टिकर टाँस गर्न सुरु गरेको हो ।

भरतपुर भएर चल्ने लामो तथा छोटो दुरीका सार्वजनिक सवारीसाधनहरुमा स्टिकर टास्न सुरु गरेको महानगरपालिकाले जनाएको छ । भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले सार्वजनिक सवारीका साधनमा स्टिकर टाँस गरेर कार्यक्रमको शुरुवात गर्नुभएको हो ।

ADVERTISEMENT

‘केन्द्रीय बस टर्मिनल सगै वडा नं. १ र ३ को सिमानामा पर्ने पुल्चोक तथा वडा नं. १ को नारायणगढ बसपार्क (पोखरा बसपार्क) लगायतका स्थानहरुबाट पनि स्टिकर टास गर्न सुरु गरिएको छ ।’ नगर उप प्रमुख अधिकारीले भन्नुभयो, "यो शुरूवात मात्रै हो यसलाई महानगरले अभियान कै रुपमा लैजान्छ । बिश्व कै ध्यान अहिले भरतपुर महानगरपालिकामा केन्द्रित छ " उहाँले भन्नुभयो भरतपुर भ्रमण बर्षलाई सबै पक्षले निकै अर्थपूर्ण रुपले हेरेका छन् । “हामीले भ्रमण बर्षलाई ऐतिहासिक बर्षका रुपमा लिएका छौ,आन्तरिक तथा बाहिय पर्यटकहरुले सम्झन र चर्चा गर्न लायकको महानगर बनाउने छौं ।"  उपप्रमुखको भनाइ छ । "आज एकै दिनमा लामो तथा छोटो दुरिका सयौं सार्वजनिक सवारीमा भ्रमण वर्षको लोगो अंकित स्टिकर टाँस गरिएको छ ।" नगर प्रहरी नायब उपरीक्षक कृष्णहरि ढकालले भन्नुभयो । ‘यो अभियानलाई हामी निरन्तर रुपमा अगाडी बढाउने छौं ।’ समृद्ध महानगर निर्माणमा यो अभियानले खास टेवा पु-याउने हुँदा यसलाई भरतपुर महानगरले गौरवको अभियानका रुपमा लिइएको छ ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा न ९ का कार्यबाहक अध्यक्ष कोपिला दुरा, सामान्य प्रशासन महाशाखाका प्रमुख उपेन्द्रराज पौड्याल, कृषि महाशाखा प्रमुख तेजेन्द्र प्रसाद पौडेल,योजना महाशाखा प्रमुख ओमप्रसाद पाण्डे, नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेल, पर्यटन बिज्ञ सल्लाहकार बिश्व सुवेदी, जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेश सुवेदी, होटल ब्यबसायी महासघका अध्यक्ष दिनेशकुमार चुके, होटल व्यवसायी संघ चितवनका अध्यक्ष कृष्णप्रसाद भट्ट लगायतको उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज