जिल्लामा सञ्चालित आयोजनाको अवस्था र आगामी योजनाबारे अन्तरक्रिया

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । सरकारी कार्यालय मार्फत पश्चिम नवलपरासीमा सञ्चालित विभिन्न आयोजनाहरुको सरोकारवालाबीच छलफल गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफलमा जिल्लामा सञ्चालित विकास निर्माणका कार्यहरुको पछिल्लो अवस्था र आगामी योजना बारे छलफल गरिएको हो ।

छलफलमा सहभागी हुँदै संघीय सांसद विनोद चौधरीले जिल्लामा सरकारी निकायबाट संचालनमा आएका हरेक योजनाहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न विकास निर्माणको काम गर्न निजी निर्माण कम्पनीहरुले ठेक्का लिएपनि समयमै विकास आयोजनाहरुको काम गर्न नसकेको प्रति चिन्ता ब्यक्त गर्नुभयो ।

सोही अवसरमा सहभागी हुनुभएका पुर्व सांसद एवंम् पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कंडेलले एकद्वार प्रणालीबाट विकास निमार्णको काम अघि बढाउनुपर्ने बताउनुभयो । ‘

ADVERTISEMENT

छलफलको क्रममा जिल्लामा कार्यालय नरहेका प्रदेश अथवा संघीय कार्यालय मातहात रहेका कार्यालयहरुको जिल्लामा नै कार्यालय स्थापना गर्न पहल गर्ने, जिल्लामा संचालित ठुला विकास निर्माणका आयोजनाहरुको काम समयमै सम्पन्न गर्न आवश्यक समन्वय गर्ने, सवै कार्यालयको ब्यवस्थित कार्य योजना तयार गर्ने, आगामी बर्षको बजेट ब्यवस्थापनका लागि संघीय सरकार र प्रादेशिक सरकार संग पहल गर्ने, रासायनिक मलको समस्या समाधान गर्न आवश्यक स्थानमा पहल गर्नेलगायतका बिषयबस्तुमा छलफल केन्द्रित रहेको थियो ।

सो अवसरमा प्रदेशसभा सदस्यद्वय बैजनाथ जयसवाल, देवकरण प्रसाद कलवार सन्तु, जिल्ला समवन्य प्रमुख भगौती यादव, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, स्थानीय पालिकाका प्रमुखहरु, सरोकारवाला कार्यालयका प्रमुखहरुलगायतका अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज