हेटौंडा । मकवानपुर प्रहरीले अमेरिकन डलर देखाई नेपाली रुपैयाँ ठगि गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ बस्ने ३५ वर्षीय डिलबहादुर भण्डारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वैशाख १६ गते बिहान ८ बजेको समयमा रौतहट गुजरा नगरपालिका २ घर भई हाल चितवन भरतपुर महानगरपालिका १० नारायणघाट बस्ने ३८ वर्षीय खेमराज पौडेललाई सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ बस्ने भण्डारीले आफुसित ४१ हजार ५० अमेरिकन डलर छ नेपाली रुपैयाँमा साट्नु पर्यो भनि विश्वास दिलाई हेटौंडा १२ आल्दमारस्थित भाईरल पुलमा बोलाएका थिए।
उक्त सूचना प्राप्त प्रहरी टोलीले डिलबहादुर भण्डारीलाई फेला पारी रित पुर्वक खानतलासी गर्दा अमेरिकन डलर ५० को ९ थान, नेपाली २० को ५८० थान, मोबाईल ४ थान, बागमती प्रदेश ०२-०४९ प ३१२५ नं. मोटरसाइकल समेत फेला पारेको थियो।
उक्त डलर, नेपाली रुपैयाँ, मोटरसाइकलसहित भण्डारीलाई नियन्त्रणमा लिई ठगी उद्योग कसुरमा मकवानपुर जिल्ला अदालत हेटौडाबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts