काठमाडौं । विश्वका अधिकांश मुलुकमा बिक्री हुँदै आएको चिनियाँ सिसिटिभी ब्राण्ड टियोण्डी नेपाली बजारमा पनि भित्रिएको छ । क्लाउड टेक्नोलोजीले काठमाडौंको न्युरोडस्थित खिचापोखरीमा उक्त ब्राण्डको शोरुम सञ्चालनमा ल्याएको छ । विगत केही महिनादेखि नै शोरुम सञ्चालन हुँदै आएकोमा शुक्रबार औपचारिकरूपमा उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा टियोण्डी टेक्नोलोजीतर्फबाट इरिका हाउङ्गलगायतको उपस्थिति रहेको क्लाउड टेक्नोलोजीका सञ्चालक राज सापकोटाले जानकारी दिनुभयो । शोरुममा टियोण्डी ब्राण्डका सिसिटिभीका साथै सोसम्बन्धी एसोसरिजहरू उपलब्ध रहेको उहाँले बताउनुभयो ।
टियोण्डी ब्राण्डका सिसिटिभी गुणस्तरीय, भरपर्दो र टिकाउ रहेको सापकोटाको दाबी छ । टियोण्डीको नेपालस्थित आधिकारिक बिक्रेता हाइटेक इन्टरनेसनल रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts