काठमाडौं । सिद्घार्थ बैंकले नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवका अवसरमा नेपाल राष्ट्र बैंक, वीरगञ्ज कार्यालयले आयोेजना गरेको अन्तर-बैंक पुरुष फुटसल प्रतियोगिताको उपाधि जितेको छ । वैशाख ९ देखि १२ गतेसम्म आयोेजित प्रतियोगितामा १९ बैंक तथा वित्तीय संस्थाको सहभागिता थियो ।
बुधबार वीरगञ्जस्थित फुटसलमा भएको फाइनल खेलमा प्रतिस्पर्धी टिमलाई ६-० गोलले हराउँदै सिद्धार्थ बैंकले उपाधि जितेको हो । विजेतालाई वीरगञ्ज उपमहानगरपालिकाका मेयर राजेशमान सिंहले ट्रफी हस्तान्तरण गर्नुभएको थियो ।
फाइनल खेलमा चार गोल गर्दै म्यान अफ द म्याच सिद्धार्थ बैंकका सुदिप ताम्राकारका साथै प्रतियोगितामा सिद्धार्थ बैंकका प्रज्ज्वलजंग कार्की उत्कृष्ट गोलरक्षक र सिद्धार्थ बैंककै पुष्प दनुवार सर्वोकृष्ट खेलाडीका रूपमा पुरस्कृत भएका बैंकले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts