गुल्मी । नेपाली कांग्रेस गुल्मीले इस्माका अग्निपीडितको सहयोगका लागि दुई लाख रुपियाँ उपलब्ध गराउने भएको छ ।
आगलागी भएको स्थानमा पुगेर त्यहाँका अग्निपीडित नागरिकहरुसंग प्रत्यक्ष भेटघाट गर्नुभएका नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जिल्ला पार्टी कार्यालयमा पत्रकारसंग कुराकानी गर्नुहुँदै पार्टीको तर्फबाट दुई लाख रुपियाँ उपलब्ध गराउने बताउनुभयो ।
वैशाख ८ गते शनिबार हावाहुरीसहित लागेको भीषण आगलागीबाट यस पालिकाभित्रका २६ वटा घर र ४९ गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट १९९ नागरिक प्रभावित भएका छन् भने दर्जनौँ पशुचौपायले ज्यान गुमाएका छन् । पीडितलाई राहत तथा पुनर्निर्माणको लागि सो रकम सहयोग गर्न लागिएको उहाँले बताउनुभयो । जिल्लाभर आगलागी भएका स्थानमा पुगेर घटनाको प्रकृति हेरेर सबैलाई सहयोग गरिने सभापति पन्थीले बताउनुभयो ।
समाजमा घट्ने कुनै पनि विपत्तिमा मुलुकको ठूलो र जिम्मेवार पार्टी नेपाली काङ्ग्रेस सदैव नागरिकका समस्यामा मलमपट्टी लगाउन तयार रहेको भन्दै रेसुङ्गा नगरपालिकाका नगरप्रमुख समेत रहनुभएका उहाँले नागरिकको हरेक दु:खमा मलमपट्टी लगाउनु सबै नेपालीको कर्तव्य र दायित्व रहेको बताउनुभयो । अग्निपीडितको वर्तमान अवस्था र समस्या केलाउदै सभापति पन्थीले तत्काल उद्वार र पुनर्निर्माणको कामलाई छिटो गर्न समेत आग्रह गर्नुभयो ।
राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकाेटा, नेपाली काङ्ग्रेस गुल्मीका पुर्व सभापति त्रैलोक्य प्रताप सेन, जिल्ला समन्वय समिति सदस्य सुनिता जिसी कुँवर, नेपाली काङ्ग्रेस जिल्ला सदस्य कल्पना पन्थी लगायतले अग्निपीडित नागरिकको वर्तमान अवस्था र समस्याको बारेमा बुझ्नुभएको छ । आगलागी भएका पालिकाका जनप्रतिनिधि र कर्मचारीले गरेको कार्य अनुकरणीय र प्रशंसायोग्य रहेको उहाँले बताउनुभयो । आगलागीबाट जिल्लाभर दर्जनौं घरगोठ जलेर पुर्ण रुपमा नष्ट भएका छन् भने सयौं पशु तथा पन्छीले ज्यान गुमाएका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts