डोजर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 1 min

कालीकोट । कालीकोटको शुभकालीका गाउँपालिका-१ भर्ता छातीमा डोजर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक घाइते भएका छन् ।

कर्णाली प्रदेश ०२-००१ क ०१२९ नम्बरको डोजर आइतबार बेलुकी दुर्घटना हुँदा शुभकालीका-१ छाती बस्ने अन्दाजी बर्ष २४ का दलबहादुर /रिजालको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी अर्जुन केसीले बताउनुभयो ।

ADVERTISEMENT

उहाँका अनुसार दुर्घटनामा कैलाली जिल्ला चुरे गाउँपालिका-५ निवासी बर्ष २८ का हिक्मत रोक्का मगर घाइते हुनुभएको छ । घाइतेको खुट्टा फ्याक्चर भएकाले थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज