बझाङ । बझाङ उपनिर्वाचन अन्तरगत छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ को मतगणनामा सकिँदा एमालेका उम्मेदवार दमन भण्डारीले अग्रता बढाउनु भएको छ ।
एमालेका भण्डारीले ७५७ मत पाउँदा नेपाली कांग्रेसका अविशेक सिंहले ३८० मत पाउनु भयो ।
माओवादी केन्द्रका जनक बुढाले २२६, एकीकृत समाजवादकिा दिलबहादुर सिंहले ११५ र किशोर खड्का(राप्रपा)ले ९ मत पाउनु भएको छ ।
अहिले छविस पाथिभरा गाउँपालिका ३ र ४ को मत गणना हुँदैछ ।






