मुगु । खत्याड गाउँपालिका र छायानाथ रारा नगरपालिकामा १८ वर्षमुनिका शारीरिक समस्या भएका बालबालिकाहरूको अवस्था पहिचान तथा लेखाजोखा शिविर सम्पन्न भएको छ ।
यु.एम.एन. मुगु क्लष्टर आर्थिकको सहयोग र ग्रामीण सामुदायिक संस्था मुगुको साझेदारीमा संचालित समुदायमा आधारित एकीकृत बाल्यकाल अपाङ्गता व्यवस्थापन परियोजनाबाट सो शिविर सम्पन्न भएको हो ।
शिबिरमा दुई स्थानीय नियकायहरुबाट ८२ जना बालबालिकाको सहभागिता रहेको थियो । उक्त शिविरमा उनीहरूको समस्याहरूलाई पहिचान गर्ने, उपचार सम्भव भएका बालबालिकाहरुलाई उपचारको लागि छनौट गरी सुविधा सम्पन्न अस्पतालमा जानको लागि सिफारीस गर्ने कार्य गरिएको थियो ।
थप उपचारका लागि छनौट भएका १५ जना बालबालिकाहरूलाई काठमाण्डौका विभिन्न अस्पतालहरुमा पठाई निःशुल्क उपचार गरिने यु.एम.एन थापाथली अपाङ्गता पुनस्थापना कार्यक्रम प्रबन्धक प्रेम देवकोटाले बताउनु भयो ।
यो शिबिरमा शारिरिक अपाङ्गता भएका बालबालिकाहरुको अवस्था पहिचान तथा लेखाजोखा गराउने कार्यक्रमको उद्देश्य रहेको थियो । यसरी मुगु जिल्लामा विभिन्न कारणले शारिरिक अपाङ्गता भई असहज जीवन विताई राखेका १८ बर्ष मुनिका बालबालिकाहरुलाई प्रति बर्ष ५० जनाका दरले हाल सम्म ४०० जना भन्दा बढीको उपचार गरिसकेको नि.क्लष्टर टिमलिडर नेत्र बहादुर शाहीले जानकारी गराउनु भयो ।
शिविरमा अपाङ्ता परियोजना अधिकृत तुलाराम धमला, र ग्रामिण सामुदायिक संस्थाका परियोजना सुपरभाइजर कुसुम बूढाले सूचना, संचार र सहजिकरणमा सक्रिय भूमिका निभाएका थिए ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता