काठमाडौं । रिलायन्स फाइनान्स र कमलादीस्थित स्काइ वाक टावरबीच सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौताअन्तर्गत रिलायन्सका ग्राहक, सेयरधनी तथा कर्मचारी र कर्मचारीका परिवारले वण्डर्स नेपाल, स्काइ वाक टावरको टिकटमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
रिलायन्सले हाल कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीय कार्यालयसहित मुख्य शाखा कार्यालय सञ्चालन गरेको छ भने न्युरोड, सितापाइला, इमाडोल, नारायणगढ, महेन्द्रपुल, बेंशीशहर, बनेपा, गोरखा, चारआली, भैरहवा, रूपन्देही, बुटवल, धनगढी, महेन्द्रनगर, कोहलपुर, अत्तरिया, दमक झापा, बिर्तामोड, धुलाबारी र टाँडीलगायत २१ शाखामार्फत् सेवा प्रदान गर्दै आएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता