भोजपुर । भोजपुरमा सुरु भएको सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत मंगलवार भएको तेश्रो खेलमा डाँगीहाट युथ क्लव मोरङलाई पराजित गर्दै सलहेश युवा क्लव सिरहाले सेमिफाइनलको यात्रा तय गरेको छ ।
डाँगीहाट युथ क्लव मोरङलाई ४–० गोलले पराजित गर्दे सलहेश युवा क्लव सिरहाले सेमिफाइनलको यात्रा तय गरेको हो । भोजपुर नगरपालिका वडा नम्वर सात, कोदार रंगशालामा संचालन भएको खेलमा सलहेश युवा क्लव सिरहाका तर्फबाट जर्सी नम्वर १० का स्टेफेन बिलोङले खेलको २६ औ र ७५ औ मिनेट दुई गोल गरेका थिए भने जर्सी नम्वर ७ का फोडे फोफनाले ५१ औ मिनेटमा एक गोल र अर्का खेलाडी जर्सी नम्वर ११ का आदित्य शाक्यले खेलको ८६ औ मिनेटमा थप गोल गरेका थिए । प्रयास गर्दा गर्दै पनि मोरङको तर्फबाट कुनै पनि गोल हुन सकेन । प्रतियोगिताको म्यान अफ द म्याच सलहेश युवा क्लव सिरहाका जर्सी नम्वर १० का खेलाडी स्टेफेन बिनोङ भएका छन । उनले नगद पाँच हजारका साथमा मेडल पाएका छन् ।
प्रतियोगिता अन्तर्गतको आइतवारको पहिलो खेलमा त्रिभुवन आर्मीले भारतको जर्जियन फुटवल क्लवलाई शुन्यका बिरुद्ध चार गोल गर्दे सेमीफाइनल प्रवेश गरेको छ भने सोमवारको दोश्रो खेलमा राजारानी फुटवल क्लवलाई २–१ अन्तरले हराउँदै खोटाङ भगवती स्पोर्ट्स क्लब सेमिफाइनलमा पुगेको छ ।
प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लब सहित जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाण्डौ, चर्च व्बाइज युनाइटेड काठमाण्डौ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट यूथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटवल संघले सहभागिता जनाएका छन् ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधी सहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
बुधवारको अन्तिम क्वाटर फाइनल खेल आयोजक भोजपुर जिल्ला फुटवल संघ र चर्च व्बाइज युनाइटेड काठमाण्डौका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिनुभयो । फाइनल खेल आगामी बैशाख १५ गते हुने छ ।
करिव ४९ लाख २५ हजार पाँच सयको लागतमा गोल्डकप आयोजना भईरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts