लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

झापा । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेका छ । भारततर्फबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका वडा नंं ६ स्थित मेचीपुलमा जाँचका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले राससलाई जानकारी दिनुभयो ।

धादिङ जिल्ला खन्याबास गाउँपालिका-५ बस्ने तामाङको साथबाट ४३.१५ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार साँझ मेचीपुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले जाँचका क्रममा उनलाई पक्राउ गरेको हो ।

ADVERTISEMENT

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय झापाका विभिन्न नाकाबाट लागुऔषधसहित युवा पक्राउ पर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?