बागलुङ । बागलुङको बडिगाडखोलामा मोटरेवल पुल निर्माण गर्न थालेको चार वर्ष बित्यो । तर हालसम्म सम्पन्न हुन सकेको छैन । बडिगाड गाउँपालिका–७ भिमगिठे बजार र मालारानी गाउँ जोड्ने गरि वि.सं. २०७७ कार्तिक २७ गते सम्झौता भए पनि हालसम्म ८० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
वि.सं. २०७९ फागुनमा सकिने पुल दुई पटक म्याद थप गर्दा पनि सम्पन्न नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । दुई वर्ष चार महिनामा सक्ने गरि निर्माण कम्पनीले जिम्मा लिएको थियो । यतिका समयसम्म पुल सम्पन्न नहुँदा बजारबाट दैनिक उपभोग्य सामान ओसारपसारमा समस्या भएको छ ।
मध्यपहाडी लोकमार्गमा पर्ने भिमगिठे बजारदेखि बडिगाडखोला तरेपछि मात्रै मालरानी गाउँ पुग्न सकिन्छ । हिउँदको समयमा जसोतसो गाडी तरे पनि बर्खाको पाँच महिना यातायात ठप्प हुने स्थानीय मीनबहादुर खत्रीले बताउनुभयो । बडिगाडखोलामा हिउँदको समयमा पनि पानीको बहाव बढीनै हुने हुँदा यातायातका साधान वारपारमा बढी समस्या हुने गरेको उहाँको भनाइ छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण हालसम्म पुल बन्न नसकेको खत्री बताउनुहुन्छ । गाडी नचल्दा स्थानीयले झोलोङ्गे पलमार्फत बोकेरै सामान बजारदेखि गाउँ पु¥याउने गरेको खत्रीको भनाइ छ ।
उहाँले भन्नुभयो, “गाउँमा सडक नआउँदा कहिन सडक आउला भन्ने लाग्थ्यो, सडक आएर मात्रै नहुँदो रैछ, गाडी गुड्नलाई राम्रो सडक र पुल चाहिने, खोलामा पुल बन्न थालेको चार वर्ष बढी हुन लाग्यो तर अहिलेसम्म बनि सकेको छैन, बर्खामा गाडीनै चल्दैनन्, गाउँमा केही सामान ल्याउनु प¥यो भने बोकेरै ल्याउनु पर्छ, कोही बिरामी परे बोकेर अस्पताल लानु पर्छ, पुल बन्थ्यो भने गाडीमै सामान ओसार्न सकिन्थ्यो, बजार जाँदा आउँदा पनि गाडीमै यात्रा गरिने थियो ।”
निर्माण कम्पनीले दुई पटक म्याद थप गरेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर अमर अधिकारीले जानकारी दिनुभयो । असार मसान्तसम्म सक्ने गरि कामदार लगाएर धमाधम काम गरि रहेको उहाँको भनाइ छ । पुल सात करोड ६५ लाख ९९ हजार ६१२ रुपैयाँमा बन्न थालेको अधिकारीले बताउनुभयो । निर्माणको जिम्मा रायमाझी÷राजेश्वरी÷पिटीआर अधिकारी जेबी गुल्मीले पाएको थियो । यही गतिमा काम गरे अन्तिम असारसम्ममा काम सकिने इन्जिनियर अधिकारी बताउनुहुन्छ ।
“अहिले निर्माण कम्पनीले धमाधम काम गरि रहेको छ, यो पुल डबल स्पानको हो, एकटा स्पानको ढलान भइसकेको छ भने अर्को स्पानको ढलान गर्ने तयारीमा छ, कामदार पनि धेरैनै लगाएको छ,” इन्जिनियर अधिकारीले भन्नुभयो, “पुल २८ महिनामा सक्नु पर्ने थियो, अलि ढिला भयो, हालसम्म ८५ प्रतिशत काम सकिएको मुख्य काम सकिएको हुँदा अब धेरै समय लाग्ने देखिदैन ।”








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts