भोजपुर । भोजपुरमा सुरु भएको सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा धनकुटाको राजारानी फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दे खोटाङको भगवती स्पोर्टस क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।
भोजपुर नगरपालिका वडा नम्वर सात, कोदार रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टिमका तर्फबाट पहिलो हाफसम्म कुनै गोल हुन सकेको थिएन । दोश्रो हाफ खेलमा भने खोटाङका तर्फबाट जर्सी नम्वर नौ का मार्टिनले ५९ र ८१ औ मिनेटमा दुई गोल गरेका थिए भने धनकुटाको तर्फबाट जर्सी नम्वर २३ का सुनिल खड्काले ६९ औँ मिनेटमा एक गोल मात्र गर्न सफल भए । प्रतियोगिताको म्यान अफ द म्याच खोटाङका मार्टिन भएका छन । उनले नगद पाँच हजार र मेडल पाएका छन् ।
प्रतिस्पर्धाबाट बिजेता बनेको खोटाङको भगवती स्पोर्टस क्लबले आइतवार भएको पहिलो खेलको बिजेता त्रिभुवन आर्मी क्लबसँग सेमीफाइनल खेल्ने छ । त्रिभुवन आर्मीले भारतको जर्जियन फुटवल क्लवलाई शुन्यका बिरुद्ध चार गोल गर्दे सेमीफाइनलको यात्रा तय गरेको थियो ।
प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लब सहित जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाण्डौ, चर्च व्बाइज युनाइटेड काठमाण्डौ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट यूथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटवल संघले सहभागिता जनाएका छन् ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधीसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
मंगलवारको तेश्रो खेल सलहेश युवा क्लव सिरहा र डाँगीहाट युथ क्लव मोरङका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिनुभयो । फाइनल खेल आगामी बैशाख १५ गते हुने छ । करिव ४९ लाख २५ हजार पाँच सयको लागतमा गोल्डकप आयोजना भई रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts