हेटौंडा । मकवानपुरको बकैयामा नगद र जिन्सी सहित रङ्गशाला निर्माणका लागि डेढ करोड सङ्कलन भएको छ । जुरेली रङ्गशाला निर्माण लागि बकैया–४ मा लगाइएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सहयोगी दाता र भक्तजनबाट एक करोड ६७ लाख ३९ हजार ३ सय ३० सङ्कलन भएको हो ।
समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले सामाजिक कार्यका लागि महायज्ञ लगाइएकोमा प्रशंसा व्यक्त गर्दै समाजमा विकास र रूपान्तरणका लागि सबै एक जुट हुन आवश्यक रहेको बताउनुभयो । उहाँले बकैया खेलका लागि उर्वर क्षेत्र भएकाले जुरेली रङ्गशालाले पूर्णता पाए अझैं विकास हुनेमा विश्वास व्यक्त गर्दै रङ्गशालाका लागि आवश्यक बजेट विनियोजन र आवश्यक सहयोगमा सधैँ अग्रभागमा रहेर सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।
करिव तीन बिगाहा क्षेत्रफलमा रहेको यस क्षेत्रमा कबडहल, बास्केटबल, टेबल टेनिस, भलिवल, फुटबल मैदान लगायतका खेल खेलाउने गरी रङ्गशाला निर्माण गर्न लागिएको समितिका अध्यक्ष विमल नेपालले जानकारी दिनुभयो । बकैया गाउँपालिका भित्रको खेलमैदान मध्येको जुरेली खेलमैदान उत्कृष्ट भएकाले रङ्गशालाका रुपमा विकास गर्नका लागि जुरेली खेलमैदानका लागि स्थानीय सँग १५ कठ्ठा क्षेत्रफल जग्गा खरिद गरेकाले त्यसको भुक्तानी गर्न महायज्ञ लगाइएको थियो ।
३० चैतमा उद्घाटन गरिएको महायज्ञ वैशाख ७ गते शुक्रवार समापन गरिएको थियो । महायज्ञमा दैनिक सयौँको सङ्ख्यामा भक्तजनहरू कथा श्रवण र रङ्गशाला निर्माणका लागि जिल्ला समन्वय समिति, गाउँपालिका पालिका, वडातह र व्यक्तिगत रुपमा सहयोग प्राप्त भएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts