भोजपुर । ४९ लाख बढीको लागतमा बैशाख नौ गतेबाट सुरु हुने भोजपुरको प्रतिष्ठित सातौं अन्तराष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगिताको तयारी पुरा भएको छ ।
भोजपुर नगरपालिका वडा नम्वर ७, कोदारमा रहेको रंगशालामा संचालन हुने प्रतियोगिताको तयारी पुरा भएको र खेलाडीहरु समेत जिल्ला आउने क्रम जारी रहेको आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिनुभयो ।
शनिवार रंगशालामा प्रतियोगिताका बारेमा जानकारी दिन गरिएको अन्तिम पत्रकार सम्मेलनमा अध्यक्ष सुवालले भन्नुभयो, “४९ लाख २५ हजार पाँच सय बरावरको अनुमानित लागतमा संचालन हुन लागेको प्रतियोगिताको तयारी पुरा भएको छ, आइतवारबाट प्रतियोगिताका खेलहरु नियमित संचालन हुने छन ।”
बैशाख ९ गतेबाट १५ सम्म संचालन हुने प्रतियोगिता जिल्ला फुटवल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा हुन लागेको हो । प्रत्येक बर्ष जिल्ला सदरमुकाममा संचालन हुदै आएको प्रतियोगितामा यस बर्ष भारतको एक सहित नेपालका दुई वटा ए डिभिजन क्लवले पनि भाग लिने छन । प्रतियोगितामा जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाण्डौ, चर्च व्बाइज युनाइटेड काठमाण्डौ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट यूथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटवल संघले सहभागिता जनाउने छन् ।

प्रतियोगिता संचालनका लागि भोजपुर नगरपालिकाले ३० लाख आर्थिक सहयोग गरेको छ भने अन्य रकम संकलन गरिने आयोजक जिल्ला फुटवल संघका अध्यक्ष सुवालले जानकारी दिनुभयो । अहिलेसम्म करिव ११ लाख रकम संकलन भई सकेको छ भने अन्य रकम पनि संकलन गरिने छ । प्रतियोगिता संचालनमा सहयोग गर्न सवै पक्षलाई आयोजक संस्थाले आग्रह समेत गरेको छ ।
प्रतियोगिताको सहप्रायोजकमा राष्ट्रिय बाणिज्य बैक लिमिटेड रहेको छ भने प्रायोजकहरुमा साल्ट ट्रेडिङ कार्पोरेसन, शिबम फुटवेयर्स प्रालि, सांग्रीला चप्पल, यु डि विल्डर्स भोजपुर र तेज कन्ट्रक्सन काभ्रे लगायतका संघ संस्थाहरु छन । प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधी सहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएकोे छ ।
आइतवार उद्घाटन पछिको पहिलो खेल भारतको जर्जियन फुटबल क्लब र त्रिभुवन आर्मी क्लब काठमाण्डौ बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटवल संघको खेल तालिकामा उल्लेख गरिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts