
हेटौंडा । हेटौंडाको एक कार्टुन फ्याक्ट्रीमा आगलागी हुँदा पूर्ण रुपमा क्षति भएको छ।
बिहीबार राति हेटौंडा–८ स्थित औद्योगिक क्षेत्र भित्र रहेको हेल्पबक्स प्याकेजिंङ प्रा।लि।कार्टुन फ्याक्ट्रीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, मानवीय क्षति नभएको र फ्याक्ट्री पुर्ण रुपमा क्षति भएको छ। तत्काल के कति क्षति भएको भन्ने विवरण खुलेको छैन ।
काठमाडौं महानगरपालिका १९ बस्ने संजिब मानन्धरले सो फ्याक्ट्री संचालन गर्दै आएका थिए ।
प्रहरी टोली ८ जना, सशस्त्र नं१४ गण हेटौडाबाट प्र.नि. अरुण बिक्रम बस्नेतको कमाण्डमा ३० जना,नगर प्रहरी, हेटौडा उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो पुर्णरुपमा नियन्त्रणमा लिइएको थियो ।
- मञ्जु मैनाली

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच